YouTube Link

सुखानीबाट नेकपा अध्यद्वयको सन्देश, एकता र सरकार कमजोर पार्ने प्रयासबारे सचेत छौं

Facebook Link

काठमाडौं: २०२९ साल फागुन २१ गते पाँचजना क्रान्तिकारी युवालाई तत्कालीन पञ्चायती शासकले झापा इलामको सीमावर्ती सुखानीमा एकै ठाउँमा गोली हानेर मारेको सम्झनामा हरेक वर्ष सुखानी सहिद स्मृति दिवस मनाउने गरिएको छ ।

शहीदको सम्झना गर्न झापाको सुखानी पुगेका नेकपाका दुवै अध्यक्षले पार्टी एकता र सरकार कमजोर पार्न भैरहेका गतिविधिप्रति आफूहरु सचेत रहेको बताए ।

पञ्चायती शासनविरुद्ध सुरु भएको विद्रोहका क्रममा तत्कालीन सरकारले झापाबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल, बीरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीमा लगेर मारेको थियो । यो वर्ष भने दिवस मनाउन सत्तारुढ नेकपाका दुवै अध्यक्ष केपी ‌ओली र पुष्पकमल दाहाल सुखानी पुगे ।

क्रान्तिकारी योद्दाले सहादत प्राप्त गरेको स्थल सुखानीमा सहिदकै सङ्ख्यामा पाँचवटा रुख संरक्षित छन् । त्यसलाई सुखानी पार्क भन्ने गरिएको छ । प्रधानमन्त्री ओलीले सहिदको सपना पूरा हुन नदिने गरी पार्टी एकता विथोल्ने र सरकारलाई कमजोर बनाउन भइरहेका प्रयासप्रति आफू सचेत रहेको बताए ।

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि शीर्ष दुई नेता पहिलो पटक सुखानीमा पुगेका हुन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सुखानी र जनयुद्धका सहीदलाई एकीकृत नगरे नेपालको कम्युनिष्ट आन्दोलन निर्णायक तहमा नपुग्ने आफ्नो पूर्ववत निष्कर्ष सार्थक सावित भएको दावी गरे । पार्टी एकता भाँड्न भैरहेका प्रयासबारे सचेत रहेको बताउँदै उनले शहीदको सपना साकार पार्न कम्युनिष्ट आन्दोलनको एकता बाहेक पदीय हिसावले आफूलाई कुनै लोभ नभएको दावी गरे ।

नेपालका कम्युनिष्टका लागि फागुन २१ राजनीतिक क्रान्तिको सुत्रपात भएको दिनको स्मरण पनि हो । त्यो दिन बगेको रगतले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन ठूलो भूमिका खेलेको मानिन्छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...