ईङ्लिस प्रिमियर लिगमा वर्नलीद्वारा म्यान्चेष्टर युनाईटेड पराजित
वि.सं.२०७६ माघ ९ बिहीवार ०७:२६
1.2K
shares
एजेन्सीः ईङ्लिस प्रिमियर लिग फुटबलमा वर्नलीले म्यान्चेष्टर युनाईटेडलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा वर्नलीले युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो । क्रिस उड र जय रोडिग्वेजले गोल गरेपछि ओल्डट्राफोर्डमा वर्नलीले घरेलु टोलीमाथि शानदार जित निकालेको हो ।
पछिल्लो हारले प्रशिक्षक आले गुनर सोल्सायरमाथि दबाब थपिएको हो । युनाईटेडले तालिकामा स्थान सुधार गर्ने मौका समेत गुमाएको छ । ३९ औं मिनेटमा उडले गोल गर्दै वर्नलीलाई सुरुवाती अग्रता दिलाए । ५६ औ मिनेटमा रोड्रिग्वेजले अग्रतालाई दोब्बर बनाए । पछिल्लो हारले युनाईटेड चौथो स्थानको चेल्सी भन्दा ६ अंकले पछाडी परेको छ । वर्नली ३० अंक सहित तालिकाको १३ औं स्थानमा छ ।
वि.सं.२०७६ माघ ९ बिहीवार ०७:२६



















