YouTube Link

विभिन्न सेवाप्रदायक मार्फत दिइएको इन्टरनेट सेवा दुई करोड नेपालीको पहुँचमा

Facebook Link

काठमाडौं: नेपालमा विभिन्न सेवाप्रदायक मार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले गत साता सार्वजनिक गरेको एक तथ्यांक अनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार नौ सय छ ।

मोबाइल सिमकार्ड प्रयोगकर्तामध्ये करिब ७५ प्रतिशतमात्रै सक्रिय रहेको अनुमान प्राधिकरणको छ । यस अनुसार हाल चार करोड १४ लाख प्रयोगकर्ता मोबाइलका छन् । यसमा सक्रिय प्रयोगकर्ता तीन करोड मात्रै रहेको र बाँकी करिब एक करोड सिमकार्ड प्रयोगबिहीन अर्थात निष्कृय रहेको उल्लेख छ । प्राधिकरणका अनुसार सक्रिय प्रायोगकर्तामध्ये मोबाइल इन्टरनेट सञ्चालन हुने भएकाले हाल नेपालमा मोबाइल डेटा प्रयोगकर्ताको हिस्सा उल्लेख्य छ । मोबाइल तथा ताररहित इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको कुल बजार ७० प्रतिशत पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागको हालको अनुमानित दुई करोड ९५ लाख १४ हजार सात सयको जनसंख्यालाई आधार बनाएर प्राधिकरणले तयार पारेको असोजसम्म तथ्यांकअनुसार इन्टरनेटमा सबैभन्दा ठूलो हिस्सा मोबाइलको छ । करिब ५५ प्रतिशत इन्टरनेट प्रयोग मोबाइलबाटै हुने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार १४.८८ प्रतिशतले फिक्स्ड ब्रोडब्यान्ड (तारसहित)को इन्टरनेट करिब शून्य दशमलव ८८ प्रतिशत र ५४.७४ प्रतिशतले मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेका छन् । डेटा प्रयोग गर्नेमा टेलिकमका इन्टरनेट प्रयोगकर्ता एक करोड एक लाख २४ हजार सात सय छन् । टेलिकमको इन्टरनेटमा तारसहितको एडीएसएल प्रयोगकर्ता १० लाख, केबल/एफटीटीएच ५० हजार चार सय र इन्टरनेट लिजलाइनको संख्या करिब एक हजार छ ।

यस्तै टेलिकमका ताररहित इन्टरनेट सेवा दिइएको वाईम्याक्स ८९ हजार दुई सय छन् । मोबाइल इन्टनरेट प्रयोगकर्तामा थ्रीजी प्रयोग गर्ने ७९ लाख ९८ हजार पाँच सय, फोरजी प्रयोगकर्ता आठ लाख ३८ हजार एक सय र ईभिडियो प्रयोगकर्ताको संख्या एक लाख ३६ हजार पाँच सय जना रहेको पनि प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत दिइएको इन्टरनेट ३३ लाख ७९ हजार एक सय छ । यसमा हाल प्राधिकरणबाट इन्टरनेट सेवाप्रदायकको अनुमति पाएका ११५ कम्पनीसहित छन् । यी कम्पनीमा सक्रिय सेवा दिने इन्टरनेट कम्पनी भने दुई दर्जन मात्रै छन् ।

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दिएको सेवाबाट मोबाइल डेटा चलाउने उपभोक्ताको संख्या ६९ लाख ४६ हजार चार सय छ । यसमा एनसेलको सिमकार्ड प्रयोग गरेर इन्टरनेट सेवा लिने सेवाग्राहीमा थ्रीजीको तुलनामा फोरजीका ग्राहक धेरै रहेको उल्लेख छ । एनसेलले हाल ३४ लाख ९० हजार फोरजी प्रयोगकर्ता पुर्याकइसकेको छ । एनसेलले फोरजी सातै प्रदेशमा दिएको र यसले टेलिकमको तुलनामा छिटो फोरजी सेवा विस्तार गरेकाले यसका प्रयोगकर्ता उल्लेख्य रूपमा बढेको देखिएको छ ।

हाल टेलिकमको फोरजी प्रयोगकर्ता भने जम्मा आठ लाख मात्रै छन् । टेलिकमले पनि देशैभर फोरजी सेवा पुर्याोइसकेको भए पनि यसका सेवाग्राहीको वृद्धिद्धर भने सुस्त छ । प्राधिकरणको तथ्यांक अनुसार हाल मोबाइलबाट प्रदान गरिएको इन्टरनेट बजार हिस्सा ७८ प्रतिशत छ । यसमा तारसहितको बजार हिस्सा भने २१ प्रतिशत छ भने ताररहित सेवाग्राहीको संख्या भने जम्मा एक प्रतिशत मात्रै रहेको प्राधिरकणको तथ्यांकमा उल्लेख छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सूचना प्रविधि (आईसीटी)को उपयोगसँगै डेटा प्रयोगकर्ता बढ्नु सामान्य हो । पछिल्लो समय नपढेका व्यक्तिले पनि मोबाइल डाटामार्फत दैनिकी सहज गर्न थालिसकेका छन् । मोबाइल फोनको भरमा विश्वको जुनसुकै कुनामा पुग्ने, भ्वाइस तथा डेटा सेवाको प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।

परिवर्तित समयलाई आत्मसाथ गर्दै जानु, मोबाइलबाट इन्टरनेट चलाउन समान्य हुँदै जाँदा दैनिकी पनि सहज भइसकेको छ । अहिले सेवाप्रदायक कम्पनीले पनि भ्याइसको तुलनामा डेटाबाट गर्ने आम्दानीको वृद्धि राम्रो हुँदै गएको पनि प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणको तथ्यांक अनुसार गत आवमा टेलिकमले डेटा सेवाबाट नौ अर्ब २९ करोड, एनसेलले १५ अर्ब ७९ करोड र स्मार्ट टेलिकमले ११ करोड रुपैयाँ आम्दानी गरेको छ । अन्य इन्टरनेट सेवाप्रदायकको पाँच अर्ब ९७ करोडसमेत गरेर वार्षिक ३१ अर्ब १७ करोड रुपैयाँ डाटामार्फत आम्दानी भएको छ । यस्तो आम्दानी अहिले उल्लेख्य रूपमा बढेको भए पनि सेवाप्रदायक कम्पनीले प्राधिकरणलाई यही पुस मसान्तभित्र उक्त तथ्यांक पेस गर्ने समय बाँकी नै छ । annapurnapost.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...