Texas College
YouTube Link

आज दुई घण्टा ४९ मिनेटको खण्डग्रास सूर्यग्रहण लाग्दै, ग्रहण ८ बजेर ४२ मिनेटमा शुरु भई ११ बजेर ३१ मिनेटमा सकिने

Facebook Link

काठमाडौं: आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपाली समय अनुसार अहिले बिहानको ८ बजेर ४२ मिनेटमा ग्रहण शुरु हुनेछ भने १० बजेर १ मिनेटमा र ११ बजेर ३१ मिनेटमा मोक्ष अर्थात समाप्त हुनेछ । नेपाली र अग्रेजी दुबै क्यालेन्डरमा यो बर्षको अन्तिम आजको ग्रहणको कुल समय २ घण्टा ४९ मिनेटको रहनेछ ।

यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम ऑस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।

काठमाडौंको आकाशबाट ग्रहणको समयमा ४९ प्रतिशत सूर्यको भागमा ग्रहण देख्न सकिने खगोल शास्त्रीहरुले बताएका छन । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हुन्छ ।

यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ भन्ने धार्मिक बिश्वास रहेको छ । ग्रहणको समयमा ग्रहण स्पर्शभएसंगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ ।

आजको ग्रहण हेरेमा मेष राशीको लागी मानहानी हुने, वृषको लागी कष्ट हुने छ भने मिथुनलाई स्त्रीपीडा हुने, कर्कटलाई सुख, सिंहलाई चिन्ता बढ्ने, कन्यालाई व्यथा बढ्ने, तुलालाई श्री प्राप्ति हुने, बृश्चिकलाई क्षति हुने, धनुलाई घात हुने, मकरलाई खर्च बढ्ने कुम्भलाई लाभ हुने र मीनलाई सुखदायी हुने ज्योतिष बिज्ञानले बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...