YouTube Link

पीपीएल क्रिकेटमा साविक विजेता पोखरा र धनगढीबीच प्रतिस्पर्धा हुँदै

Facebook Link

कास्की: दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज साविक विजेता पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा हुने घरेलु टिम शरद भेषवाकरको कप्तानीमा मैदान उत्रदा धनगढी दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रने छ ।

पुछारमा रहेका दुई टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोलीलाई प्ले अफको गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । पोखरा ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । धनगढी ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । त्यसैले दुवै टिम जित निकाल्दै प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न चाहन्छ । तर, दुवै टोलीलाई जितले मात्र पुग्ने छैन् । अन्य खेलको नतिजा समेत अनुकुल आउनु पर्नेछ ।

चितवन राइनोज र बुटवल ब्लास्टर्स पीपीएलको प्ले अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । जसमा चार टोलीको प्रतिस्पर्धा रहेको छ । यस्तोमा पोखरा र धनगढीसँगै काठमाडौं गोल्डेन्स र विराटनगर टाईटन्स समेत प्ले अफ होडमा रहेका छन् । चार खेलमा ४ अंक जोडको काठमाडौं तेस्रो र २ अंक जोडेको विराटनगर चौथो स्थानमा रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...