स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाको सहज जित
वि.सं.२०७६ पुस ६ आइतवार ०७:२९
1.1K
shares
एजेन्सी: साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबारराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अल्भेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रीजम्यान, अर्टुरो भिदाल, लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे ।
अल्भेसका पीरी पोन्सले एक गोल फर्काए । क्याम्प नाउमा खेलको १४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ४५ औं मिनेटमा भिदालले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो । ५६ औं मिनेटमा पोन्सले गोल गर्दै अल्भेसलाई २-१ को स्थितिमा ल्याए । ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए । मेस्सीले नयाँ सिजनमा क्लब र देशका लागि ५० औं गोल पुरा गरे । त्यसपछि खेलको ७५ औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ४-१ को सहज जित दिलाए ।
वि.सं.२०७६ पुस ६ आइतवार ०७:२९



















