पोखरा प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुँदै
वि.सं.२०७६ पुस ६ आइतवार ०९:०४
1.1K
shares
कास्की: दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा आज दुई खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विराटनगर टाईटन्स र चितवन राइनोजबीच खेल हुनेछ । पारस खड्काको कप्तानीमा रहेको चितवन तीन खेलमा अपराजित रहदै ६ शीर्ष स्थानमा रहेको छ ।
प्रदिप ऐरीको विराटनगरविरुद्ध जित निकाल्दै चितवन प्ले अफमा स्थान पक्का गर्न चाहन्छ । विराटनगर ३ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । विराटनगर चितवनविरुद्ध जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ ।
त्यसैगरी आज हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीबीच खेल हुनेछ । तीन खेलमा ४ अंक जोडेको बुटवल तालिकाको तेस्रो स्थानमा रहेको छ । तीन खेलमा २ अंक जोडेको धनगढी तालिकाको पुछारमा रहेको छ । प्ले अफका लागि दुवै टोलीलाई जित महत्वपूर्ण रहेको छ ।
वि.सं.२०७६ पुस ६ आइतवार ०९:०४



















