YouTube Link

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल

World Cup 2026
Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । लिगको तेस्रो दिन आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक–एक खेल हुनेछन् । आजको पहिलो खेलमा न्युरोड टिम एनआरटी र सरस्वतीबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको साढे १२ बजे सुरु हुनेछ ।

यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा दिउँसो साढे २ बजे आमनेसामने हुनेछन् । आज लिगको चौथो खेलमा एनआरटीले सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्न लागेको हो । लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अङ्क बटुल्न प्रयास गर्नेछन् । एनआरटीले यस पटक राष्ट्रिय टिमका पुर्ब सदस्य प्रकाश बुढाथोकी, सागका स्वर्ण बिजेता टिमका सदस्य स्ट्राइकर राजेश पराजुली सहित नेपाल पुलिस क्लबका पुर्ब कप्तान बिक्रम धिमाललाई मुख्य खेलाडीको रुपमा क्लबमा जोडेको छ ।

लिगको पाँचौ खेलमा पुलिसले हिमालयन शेर्पासंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । खेल दशरथ रंगशाला दिउँसो साढे २ बजे सुरु हुनेछ । पुलिस पहिलो खेलमा हिमालयन शेर्पासंग तीन अंक बटुल्न चाहन्छ । यता, शेर्पा पुलिसलाई हराउँदै लिगमा सुखद सुरुवात गर्न चाहन्छ । राष्ट्रिय टिमका तीन स्टार खेलाडी सम्मिलित पुलिस केही अनुभवी खेलाडी सहित मैदान उत्रनेछ । राष्ट्रिय फुटबल टिमका तेज तामाङ, रबि पासवान र अजित भण्डारी पुलिसका नियमित सदस्य हुन् । अनुभवी खेलाडी भोला सिलवाल, कप्तान जुमानु राई र सुमन सुवेदी पुलिसको जर्सीमा हुनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...