YouTube Link

भारत र पाकिस्तानलाई थप सैन्य गतिविधि नगर्न अमेरिकाको आग्रह

Facebook Link

एजेन्सी: अमेरिकाले भारत र पाकिस्तानलाई थप सैन्य गतिविधि नगर्न आग्रह गरेको छ । पुलवामा आक्रमणलाई लिएर दुइ मुलुकबीच सिमावर्ती इलाकामा तनाब चुलिदै गएको बेला विदेशमन्त्री माइक पोम्पियोले यस्तो आग्रह गरेका हुन् ।

पाकिस्तानले आफ्नो भुमिमा प्रवेश गरेर हवाई आक्रमण गर्ने भारतलाई जवाफ दिने अधिकार रहेको बताएपछि पोम्पियोले संयमित हुन अपिल गरेका छन् । भारत र पाकिस्तानका विदेशमन्त्रीलाई छुट्टाछुट्टै टेलिफोन सम्पर्क गरी पोम्पियोले कुनै पनि हालतमा तनाब नबढाउन आग्रह गरेको सञ्चार माध्यमले जनाएका छन ।

मंगलबार सबेरै भारतीय वायू सेनाले नियन्त्रण रेखा लाइन अफ कन्ट्रोल पारेर पाकिस्तान प्रशासित कश्मिरको १० किलोमिटर भित्र प्रवेश गरी हवाइ आक्रमण गरेको थियो । हवाई आक्रमणमा ठुलो संख्यामा जैस ए मोहम्मदका लडाकू र तालिम केन्द्र ध्वस्त पारिएको दाबी भारतको छ भने पाकिस्तानले भारतीय वायू सेनाले आफ्नो भुमिमा प्रवेश गरेर सम्प्रुभंता उल्लंघन गरेको र त्यसको जवाफ दिने चेतावनी दिएको छ ।

यसैबीच सिमावर्ती कश्मिरमा भारतीय र पाकिस्तानी सेनाबीचको दोहोरो गोली हानाहानमा ४ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । गत फ्रेबुअरी १४ तारिख भारत प्रशासित कश्मिरको पुलवामा आतंकवादी आक्रमणमा ४२ सुरक्षाकर्मीको ज्यान गएपछि दक्षिण एशियाका आणविक शक्ती सम्पन्न मुलुकबीच वाकयुद्ध र सिमानामा एक अर्का विरुद्ध फायरिङ भइरहेका छन् ।

यसैबीच पाकिस्तानी वायु सेनाका ३ वटा लडाकू विमान भारतीय भुमिमा प्रवेश गरेको दाबी भारतले गरेको छ । भारत प्रशासित कश्मिर प्रवेश गरेका पाकिस्तानी विमानलाइ सेनाले लखेटेको दाबी पनि भारतको छ भने पाकिस्तानले सिमावर्ती इलाकामा वायूसेनाले जवाफी कारबाही गरेको दाबी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...