YouTube Link

साग महिला फुटबलको फाईनल आज, भारतलाई हराउँदै नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर

Facebook Link

कास्की: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि नेपाली महिला फुटबल टोलीले आज फाइनलमा भारतविरुद्ध खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो ।

पछिल्लो समय नेपाल र‌ भारतबीच निकै प्रतिस्पर्धात्मक खेल हुँदै आएको छ । नेपाली टोलीलाई पोखरामा पुन: एकपटक इतिहास रच्ने अवसर छ । भारतलाई हराउन सके नेपालले महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने छ । यसका लागि टोली पनि तयार छ । पोखरेली समर्थकमाझ साग स्वर्ण दिलाउन फरवार्ड सावित्रा भण्डारीमाथि निकै अपेक्षा राखिएको छ ।

महिला तथा पुरुष दुवैको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मको स्पर्धाको नतिजामा नेपालमाथि भारत हाबी हुँदै आएपनि यी दुई देशबीचको खेल जहिले पनि रोचक र स्पर्धापूर्ण रहने गर्दछ । त्यसैले पनि जारी सागमा महिला फुटबलको स्वर्ण पदकका लागि आज आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा हुने खेल अत्यन्त प्रतिस्पर्धापूर्ण रहने भनाइ दुवै टोलीका प्रशिक्षकको छ ।

जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३-० तथा श्रीलङ्कालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १-० को अन्तरले पराजित भएको थियो । भारतले श्रीलङ्कालाई ६-०, माल्दिभ्सलाई ५-० र नेपाललाई १-० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल र भारत हालसम्म अन्तर्राष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन् । नेपालसँगको सबै स्पर्धामा भारत हाबी हुँदै आएपनि नेपाली टोलीले उनीहरुलाई कडा टक्कर दिँदै आएको छ ।

महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ । गत वर्ष भारतमै आयोजना भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...