YouTube Link

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

Facebook Link

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील, प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ, त्यसले जनमन छुनुपर्छ भन्ने स्पष्ट मान्यता राख्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले कमाण्ड सम्हालेसँगै हराएका-चोरी भएका दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पक्राऊ पर्ने क्रमले थप तीव्रता पायो र सवारीधनीले आफ्नो सवारी साधन प्राप्त गर्ने सिलसिलासँगै ट्राफिक प्रहरी प्रशंसाको पात्रमात्र भएन, दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीको शाख पनि थप उजिल्याउँदै गएको छ ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदी भन्छन्- ‘सडक सञ्जालमा भएको विकाससँगै मानिसको जीवनमा देखिएको व्यस्ततालाई व्यवस्थापन गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी सवारी साधन मोटरसाइकल नै हो । मोटरसाइकलसँग जहाँ मान्छेको सपना, संघर्ष, खुशीका साथै भावनात्मक सम्बन्ध समेत जोडिएको हुन्छ । अर्काको खुशी, सपना, संघर्ष र सम्पत्ति खोसेर-लुटेर खुशी बन्न खोज्नु गम्भीर अपराध हो । यस्तो आपराधिक कार्यमा संलग्नलाई निर्मम कानूनी कारबाही गर्नुपर्छ । त्यसका लागि हामीले मानवीय जनशक्तिसहित प्रविधिको उच्चतम प्रयोग गरी निगरानी बढाइरहेका छौं ।’

 

यसैबीच काठमाडौं उपत्यकामा विभिन्न मिति र समयमा चोरी भएका ५० वटा (२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल) सवारी साधन खोज-तलासको क्रममा फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित सवारी धनीलाई बुझाएको छ । चालू आ.व. २०८२/०८३ मा खोज-तलासको क्रममा ३ सय ३ सवारी साधनहरु फेला पारेको समेत उक्त कार्यालयले जनाएको छ । चालू आ.व. मा मोटरसाइकल चोरीमा संलग्न भएको आशंकामा ३४ जना व्यक्तिलाई पक्राउ गारी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरहरूमा पठाइएको छ भने ३ वटा चार पाङ्ग्रे गाडी र २ वटा मोटरसाइकलहरु कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको जानकारी प्रवक्ता प्रहरी उपरीक्षक सुवेदीले दिएका छन् ।

 

व्यक्तिगत शतर्कता, प्रविधिको उच्चतम प्रयोग र भौतिक सुरक्षाबीचको संयोजनबाट नै मोटरसाइकल चोरी नियन्त्रणमा सफलता प्राप्त गर्न सकिन्छ । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्याण्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्न साथै जीपीएस जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले अनुरोधसमेत गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...