YouTube Link

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

Facebook Link

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को आफ्नो अन्तिम तथा निर्णायक खेलमा इक्वेडरले बलियो टोली जर्मनीमाथि २-१ को रोमाञ्चक जित दर्ता गरेको छ । यो ऐतिहासिक जितसँगै इक्वेडर प्रतियोगिताको नकआउटको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

 

यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको जर्मनी पराजित भएपनि गोल अन्तरका आधारमा समूह विजेता बन्न सफल भयो । यता सुरुआती दुई खेलमा कोट डिभ्वार र कुरासाओ विरुद्ध गोल गर्न नसकेको इक्वेडरका लागि यो खेल गर या मरको अवस्थामा थियो । खेलको दोस्रो मिनेटमै जर्मनीले अग्रता लिएको थियो ।

 

फ्लोरियन विर्ट्जको पासमा लेरोय सानेले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाए । सुरुवातमै गोल खाए पनि दबाबमा नआई इक्वेडरले आक्रामक खेल जारी राख्यो । खेलको ९औँ मिनेटमा इक्वेडरका लागि निलसन एन्गुलोले बराबरी गोल फर्काए । पाब्लो विटेले जर्मनीको हाफमा बल खोसेर दिएको पासलाई सदुपयोग गर्दै एन्गुलोले डि-बक्स बाहिरबाट प्रहार गरेको बल जर्मनीका गोलकिपर मानुएल नोयरलाई छलाउँदै जाली चुमेको थियो ।

 

जारी विश्वकपमा इक्वेडरको यो पहिलो गोल हो । दोस्रो हाफको सुरुवातमै रेफ्री टोरी पेन्सोले जर्मनीलाई पेनाल्टी दिएकी थिइन्, तर भिएआरको भिडियो रिभ्युपछि सानेले विटेमाथि फाउल गरेको देखिएपछि उक्त पेनाल्टी रद्द गरियो । खेलको ७७औँ मिनेटमा इक्वेडरले निर्णायक गोल गर्‍यो । कर्नरबाट आएको बललाई वैकल्पिक खेलाडी केभिन रोड्रिगेजले फ्लिक गरेपछि जाली चुम्दै टोलीलाई २-१ को अग्रता दिलाए ।

 

यो जितसँगै इक्वेडर उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीहरूमध्ये पर्दै नकआउट चरणमा पुग्न सफल भएको छ । जर्मनी पराजित भएपनि ६ अङ्क र गोल अन्तरका कारण समूह विजेता बन्यो । समान ६ अङ्क नै जोडेको कोट डिभ्वार भने गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गरेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...