YouTube Link

फिफाको निलम्बनमा पर्यो एन्फा

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा) को निलम्बनमा परेको छ । फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको उल्लङ्घन भएको ठहर गर्दै एन्फामाथि निलम्बनको निर्णय गरिएको फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

फिफाले अर्को निर्वाचन नभएसम्म पुरानै कार्यसमितिलाई काम गर्न भनेको थियो । एन्फा कार्यसमितिको असार ६ गते कार्यकाल सकिएको थियो । तेस्रो पक्ष भनेको सरकारको हस्ताक्षेप हो । एन्फाले गत वर्ष चैत १३ गतेका लागि केन्द्रीय निर्वाचन मात्रै गर्ने निर्णय गरेदेखि एन्फा र सरकारबीच विवाद चलेको थियो ।

 

तहगत निर्वाचनका लागि पटक पटकको निर्देशन अटेर गरेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)  ले चैत ११ गते एन्फालाई ३ महिनाको लागि निलम्बन गरेको थियो । पछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरेको थियो । एन्फा नेतृत्वले निशर्त निलम्बन फुकुवा भएको दाबी गरेको थियो । जारी विश्वकपको उद्घाटन समारोहमा भाग लिन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो ।

 

अध्यक्ष नेम्वाङ, पदाधिकारी, सदस्य र कर्मचारी गरि २४ जनालाई राखेपको सिफारिस विदेश जान रोक लगाइएको थियो । सरकार आफै एन्फाको विवादको विषयमा संलग्न पनि भयो। तर विवादको निष्कर्ष निकाल्न सकेन । अन्तत फिफाले एन्फा निलम्बन गरेको‌ छ । निलम्बनसँगै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन । नेपालका फिफा मान्यता रेफ्रीहरूले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने छैनन् । यस अर्थ यो नेपाली फुटबलको लागि कालो दिन हो‌ ।

 

सन् १९५१ मा स्थापना भएको एन्फा १९७२ मा फिफाको सदस्य राष्ट्र बनेको थियो । ५ दशक लामो एन्फाको इतिहासमा एन्फा फिफाबाट निलम्बनमा परेको यो पहिलो पटक हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...