YouTube Link

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

Facebook Link
vision
तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बिदाई गर्दै बरियतामा पहिलो नम्बरमा रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्याल ।

 

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल सेवा अवधि (उमेर हद होइन) का कारण वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि अब को बन्ला सशस्त्र प्रहरी महानिरीक्षक भन्ने बहस शुरु भएको छ । यो बहसको विषय नै होइन । किनभने अर्धसैन्य प्रकृतिको सशस्त्र प्रहरी बल, नेपालमा चौध दिन सेवा अवधि बाँकी भएका सिनियरलाई पनि महानिरीक्षकको फुली लगाइदिएर बिदा गरेको इतिहास छँदैछ ।

 

२०६२/०६३ को आन्दोलनपछि शान्ति प्रक्रियामा आएको विद्रोही माओवादीसमेत सहभागी अन्तरिम सरकारले तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापा र पहिलो नम्बरका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई निलम्वन गरेर दोस्रो बरियताका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वाशुदेव वलीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।  सुरक्षा फौज जुन र जसको सरकार आए पनि उसैको अन्तर्गत रहेर मुलुक र मुलुकबासीका निम्ति खटिने गैरराजनीतिक चरित्रका संगठन हुन् भन्ने कुरालाई ख्याल नगरेर तत्कालिन अन्तरिम सरकारले चालेको कदममा आमअसन्तुष्टि बढेको थियो । त्यसबाहेक सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक नियुक्तिमा बरियता मिचिएको इतिहास नै छैन ।

 

२०६८ साल असार ३१ गते तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले अवकाश पाएपछि चौध दिन सेवा अवधि बाँकी रहेका सिनियर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक किशोरकुमार लामाले २०६८ साल साउन १ गतेदेखि साउन १४ गतेसम्म चौध दिन सशस्त्र प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए भने २०७८ साल चैत २९ गते तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएपछि १९ दिन सेवा अवधि बाँकी रहेका सिनियर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले २०७८ चैत ३० गतेदेखि २०७९ वैशाख १८ गतेसम्म १९ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेर बिदा भएका थिए ।

 

मुलुकको विषम परिस्थितिमा त्यसको सहज सामना गर्ने ध्येयका साथ गठन भएको अर्धसैन्य प्रकृतिको सशस्त्र प्रहरी बल, नेपालमा अहिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालपछि पहिलो नम्बरका सिनियर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा नारायणदत्त पौड्याल छन् भने उनी दोस्रो नम्बरमा रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालभन्दा पाँच महिना सिनियर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुन् । सशस्त्र प्रहरी नायब उपरीक्षकदेखि नै बढुवामा सिनियर रहँदै आएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्याल कार्य सम्पादन-मूल्यांकनमा पनि सदैव उत्कृष्ठ रहँदै आएको समाचार स्रोतहरु उल्लेख गर्छन् ।

 

प्रधानमन्त्री बालेन्द्र शाह ‘चेन अफ कमाण्ड’ मा चल्ने फौजी संगठन, त्यसमाथि अर्धसैन्य प्रकृतिको सशस्त्र प्रहरी बल, नेपालमा सिनियारिटी तल-माथि भएर ‘चेन अफ कमाण्ड’ बिग्रिने अवस्था नआओस् भन्नेमा गम्भीर छन् । प्रधानमन्त्रीको यही गम्भीरता बुझेका निवर्तमान गृहमन्त्री सुधन गुरुङ त्यही गतिमा अगाडि बढ्दै थिए । सशस्त्र प्रहरी बल, नेपालमा आधारभूत तहदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षकसम्म दर्जनौं पद अहिले खाली छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको अग्रसरतामा गृह सचिव राजकुमार श्रेष्ठलाई बढुवा प्रक्रियाको फाइल छिटो अघि बढाउन अर्हाउँदै थिए, निवर्तमान गृहमन्त्री सुधन गुरुङ । तर, उनले राजीनामा दिइसकेको अवस्था छ ।

 

कहिले निर्वाचन आचारसंहिता त कहिले के बहानामा रोकिएको सशस्त्र प्रहरी बल, नेपालको बढुवा प्रक्रिया अघि बढाउन गृह सचिव राजकुमार श्रेष्ठको आलटाले नीति यतिखेर बाधक बनेको समाचार स्रोतहरु भन्छन् । सशस्त्र प्रहरी बल, नेपालमा देखिने गरी सुधार गरेर संगठनका सदस्यहरुको ‘वाहवाही’ कमाएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अन्तिममा यो अपजशको भारी बोकेर बिदा हुने ‘मुड’ मा थिएनन् । तर, गृहमन्त्री सुधन गुरुङको राजीनामा र गृह सचिव श्रेष्ठको निर्णयहीनताले सशस्त्र प्रहरी महानिरीक्षक अर्याल संगठनबाट बिदा हुने बेलामा चाहिँ सकसमा रहेको बुझ्न खासै कठिन पर्दैन ।

 

निजामतीतर्फ उच्च तहमा रहेकाहरुको निर्णयहीनता र बेथिती पनि भदौ २३ र २४ (२०८२) को जेन-जी विद्रोहको कारक हो । ‘चेन अफ कमाण्ड’ मा चल्नुपर्ने सुरक्षा फौजमा त्यो बेथिती भित्रिन नदिने हो भने सुशासनको रथको बागडोर सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले स्वयं हस्तक्षेप गरेर सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्ति र बढुवा प्रक्रियामा अघि बढ्न ढिलाई गर्नै नहुने अवस्था आइपरेको छ, जसले सशस्त्र प्रहरी बल, नेपालको माथिल्लो तहकै बढुवा जाम हुँदा आधारभूत तहसम्मकै सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति-विकासमा गम्भीर असर पुर्याइरहेको छ । अन्यथा ‘रात रहे, अग्राख पलाए’ भएर सुशासनको यात्रामा कहिँ-कतै धक्का नलागोस् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...