YouTube Link

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

Facebook Link

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले नेपाललाई विश्वसामु चिनाउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन्,’  उनले भने- ‘सिर्जनात्मक फोटोलाई संरक्षण र प्रवर्द्धन गर्न सके देशलाई आर्थिक रूपमा समेत समृद्ध बनाउन सकिन्छ ।’

 

नेपाल पर्यटन बोर्डमा आयोजित ‘पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया, पुरस्कार घोषणा तथा भित्तेपात्रो विमोचन कार्यक्रममा उनले इतिहास लेखनमा पनि फोटो पत्रकारिताको भूमिका उल्लेख गर्दै आगामी पुस्तालाई विगतको नेपालबारे जानकारी दिन तस्वीरहरू महत्वपूर्ण हुने बताए । साथै फोटो पत्रकारलाई ‘फोटो बैंक’ को संज्ञा दिँदै फोटो सङ्ग्रहालयहरूलाई व्यवस्थित गरी बैंकको रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

 

फोटो: अजय लेन्सम्यान

 

यसै कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल का अध्यक्ष प्रदीपराज वन्तले डिजिटल युगअनुसार फोटो पत्रकारहरूले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘यो स्मार्ट जमाना हो, अब हामीले पनि स्मार्ट तरिकाले काम गर्नुपर्छ’, उनले बताए । आगामी वर्ष १०० अन्तर्राष्ट्रिय फोटो पत्रकारलाई नेपालमा आमन्त्रण गरी सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष वन्तले नेपालको अन्तर्राष्ट्रिय छवि विस्तारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै, एशियाली स्तरको फोटो पत्रकार संगठन निर्माणमार्फत आपसी सम्बन्ध अझ मजबुत हुने धारणा राख्दै संस्थागत एकतामा जोड दिए ।

 

कार्यक्रममा स्वर्गीय चुङ्बा शेर्पाको नाममा स्थापना गरिएको ३ लाख रुपैयाँ बराबरको अक्षय कोषका लागि उनका परिवारप्रति धन्यवाद व्यक्त गरिएको थियो । त्यस्तै राजभाइ सुवालले पर्यटन र फोटो एकअर्काका पर्याय भएको उल्लेख गर्दै फोटो बिना कुनैपनि गन्तव्यको प्रभावकारी प्रचार-प्रसार सम्भव नभएको बताए । उनले ड्रोन फोटोग्राफी र एआइजस्ता नयाँ सीप सिक्न आवश्यक रहेको औंल्याउँदै समय अनुसार अद्यावधिक हुन फोटो पत्रकारलाई आग्रह गरे ।

 

फोटो: अजय लेन्सम्यान

 

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । साथै स्वर्गीय चुङ्बा शेर्पाको नाममा ३ लाख रुपैयाँ बराबरको अध्यक्ष कोष स्थापना गरिएको जानकारी दिइएको छ । उनकी छोरी क्याप्टेन बन्दा शेर्पा र छोरा छेवाङ शेर्पा उपस्थित भई ‘वाइल्डलाइफ फोटो पत्रकारिता पुरस्कार’ घोषणा गरेका थिए ।

 

कार्यक्रममा प्रेस काउन्सिल नेपाल का सह-प्रवक्ता रामशरण बोहरा, पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, राजभाइ सुवाल, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरे लगायत फोटो पत्रकारहरूको उपस्थिति रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...