Texas College
YouTube Link

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

Facebook Link

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले नेपालजस्तो विकासोन्मुख देशका लागि केवल औपचारिकता मात्र नभई गम्भीर चेतावनी पनि बोकेको छ । क्षयरोग (टीबी) अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा विद्यमान छ । जसले हजारौं नेपालीको जीवन प्रभावित बनाइरहेको छ ।

 

दिवसको यस वर्षको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ तय गरिएको छ । नेपालमा अझै पनि ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको क्षयरोगबारे जनचेतना, उपचार पहुँच र नियन्त्रण रणनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । सरकारले सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य राखे पनि त्यसका लागि प्रभावकारी कार्यान्वयन, जनचेतना विस्तार, समयमै परीक्षण र नियमित उपचार अत्यावश्यक रहेको विज्ञ बताउँछन् ।

 

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिएको विवरण अनुसार हाल नेपालमा दैनिक ४३ जना नेपालीले क्षयरोगकै कारण जीवन गुमाउँछन् भने वार्षिक १६ हजार  नेपालीको क्षयरोगकै कारण मृत्यु हुन्छ ।

 

युवा उमेर समूहका नेपाली जोखिममा

केन्द्रका निर्देशक भुवन पौडेलका अनुसार क्षयरोग देखिनेमा सबैभन्दा धेरै १५ देखि ४९ वर्ष उमेर समूहका युवा छन् । केन्द्रका निर्देशक पौडेलले भने, ‘वार्षिक रूपमा भेटिने कुल संक्रमित मध्ये ५० प्रतिशत त काम गर्ने सक्रिय उमेर भनेर चिनिने २० देखि ४९ सालकै बिचका बिरामी हुनुहुन्छ ।’ चालु आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत ३९ हजार १५१ हजारभन्दा बढी बिरामी पहिचान गरी उपचार गरिएको छ । तीमध्ये महिलाको संख्या ३९ प्रतिशत, पुरुष ६१ प्रतिशत र बालबालिका ५।५ प्रतिशत रहेका छन् ।

 

केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश साहका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरैलाई फोक्सोको क्षयरोग देखिने गरेको छ । २५ प्रतिशत क्षयरोग फोक्सोभन्दा बाहेकका शरीरका अन्य अंगहरूमा देखिएको छ । डा. साहले भने, ‘हालसम्म भेटिएका क्षयरोगमा ७२ प्रतिशत क्षयरोग फोक्सोको छ भने २८ प्रतिशत फोक्सो बाहेकका अन्य अंगहरूको छ ।’ यस्तै क्षयरोगको उपचार सफलतादर ९२ प्रतिशत रहेको उनको भनाइ छ ।

 

‘प्रतिरोधी क्षयरोगका बिरामी पनि भेटिने गरेका छन हालसम्म कुल संक्रमित मध्ये ६२५ जना संक्रमित प्रतिरोधी क्षयरोगका बिरामी रहेका छन् तर यसरी भेटिएका बिरामीहरूमा पनि उपचार र औषधी सेवनबाट ठिक हुने दर ७६ प्रतिशतछ’, डा साहले भने । नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको छ । देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थाबाट क्षयरोग उपचार सेवा उपलब्ध रहेको छ भने धेरै स्थानमा निःशुल्क परीक्षण तथा उपचार सुविधा विस्तार गरिएको छ । साथै डिजिटल प्रविधिको प्रयोगमार्फत समुदाय स्तरमा सक्रिय बिरामी खोजी कार्यलाई तीव्र बनाइएको छ ।

 

यद्यपि, अझै पनि चुनौती कायम छन् । करिब ४२ प्रतिशत बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेको अनुमान छ भने १५ प्रतिशत बिरामी र परिवारले आर्थिक भार बेहोर्नुपरेको छ । सामाजिक विभेद र लाञ्छना (स्टिग्मा) पनि क्षयरोग नियन्त्रणमा प्रमुख अवरोधका रूपमा  छन् ।

 

के हो त क्षयरोग ?

क्षयरोग एक सरुवा रोग हो । धेरैले यसलाई ‘टीबी’ पनि भनेर बुझ्ने गर्छन् । क्षयरोग ‘माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनैपनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।

 

माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुको संक्रमणका कारण हुने संक्रमणजन्य सरुवा रोग क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने हुँदा क्षयरोगका जोखिम समूहमा रहेका व्यक्तिले हाछ्यूँ गर्दा सकभर मुख छोप्ने, मास्क लगाएर हिँड्नुपर्ने डा. श्रेष्ठको भनाइ छ । ‘कुपोषण भएका, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई क्षयरोगको जोखिम समूहमा राखिन्छ’, उनी भन्छन्, ‘त्यसैले यस्ता समूह तथा अन्य समूहका मानिसले पनि तौल कम हुने, खानामा रुचि कम हुने, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्ने, राति ज्वरो आउने जस्ता लक्षण देखिए एकपटक क्षयरोगको परीक्षण गराउनु उपयुक्त हुन्छ ।’

 

क्षयरोगका मुख्य लक्षण

दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु, राति धेरै पसिना आउनु, मुख सुक्नु, थकान र कमजोरी महशुस हुनु, खान मन नलाग्नु, तौल कम हुँदै जानु ।

 

रोकथामका उपाय

सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मानसिक तनाव कम गर्ने, सन्तुलित आहार सेवन गर्ने, मदिरा वा लागूपदार्थ सेवन नगर्ने, व्यायाम गर्ने, क्षयरोग संक्रमितबाट टाढै बस्ने, २ हप्ताभन्दा बढी खोकी र ज्वरो आए वा अन्य लक्षण देखिए परीक्षण गराउने, शिशु जन्मनेबित्तिकै बीसीजी खोप लगाउने ।

 

क्षयरोग नियन्त्रणका लागि के गर्दै छ त सरकार ?

पूर्ण उपचार गरे पूर्ण सञ्चो हुने क्षयरोगका कारण हरेक वर्ष धेरै नेपालीले ज्यान गुमाउन थालेपछि पछिल्ला वर्षमा नेपालमा क्षयरोग संक्रमण नियन्त्रण पनि जनस्वास्थ्यको चुनौती बनेको छ । त्यसैलेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अगुवाइमा क्षयरोग नियन्त्रण अभियान सञ्चालन गरिएको छ ।

 

क्षयरोग सरुवारोग भएकाले यसको समयमै निदान र उपचार गर्न जरुरी रहेको भन्दै यसका लक्षण भएका र जोखिम समूहमा पर्नेले एकपटक जाँच गराउन लगाउनेगरी विभिन्न कार्यक्रम सञ्चालन केन्द्रले गरिरहेको छ । यस्तै क्षयरोगमुक्त नेपाल अभियानमार्फत १४२ स्थानीय तहमार्फत क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज अनुसन्धान गरिरहेको र सबै स्थानीय तहमा विस्तार गरिँदै लगिने केन्द्रले जनाएको छ ।

 

राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरूप नेपालले क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्न सन् २०२१/२२-२०२५/२६ सम्मको बृहत् राष्ट्रिय रणनीतिक योजना तयार गरेर काम गरिरहेको छ । यो महत्त्वाकांक्षी योजनाले सन् २०३५ सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म क्षयरोग निवारण  नेपाल बनाउने लक्ष्य लिएको छ ।

 

राष्ट्रिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरी नेपालले नयाँ क्षयरोग बिरामीदर र मृत्युदर घटाउने, सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने, सन् २०५० सम्म क्षयरोग बिरामीदर र मृत्युदर शून्यमा झार्ने र क्षयरोग निवारण गर्ने सरकारले लक्ष्य लिएको छ । मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । यो वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...