YouTube Link

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

Facebook Link

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको कुल सार्वजनिक ऋण रु २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्षको सुरुमा रु २६ खर्ब ७४ अर्ब ४ करोड रहेको ऋणको आकार पछिल्लो आठ महिनामा मात्रै रु २ खर्ब ४ अर्ब २४ करोडले वृद्धि भएको हो । हाल कायम रहेको यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउने कार्यालयले जनाएको छ ।

अहिलेको तथ्याङ्क अनुसार सरकारले तिर्न बाँकी कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत (रु १५ खर्ब ३० अर्ब १८ करोड) र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत (रु १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख) रहेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल रु ५ खर्ब ५९ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्ममा रु २ खर्ब ९५ अर्ब १९ करोड उठाइसकेको छ, जुन वार्षिक लक्ष्यको ५०.४४ प्रतिशत भएको कार्यालयले जनाएको छ ।

ऋण संकलनको प्रवृत्ति हेर्दा सरकार बाह्य सहायताभन्दा आन्तरिक ऋणमा बढी निर्भर देखिएको छ । आन्तरिकतर्फ रु ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्यको ६७.३१ प्रतिशत (रु २ खर्ब ४३ अर्ब ६६ करोड) प्राप्ति भइसकेको छ भने बाह्यतर्फ रु २ खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्य भए पनि २४.३१ प्रतिशत अर्थात् रु ५६ अर्ब ८० करोड मात्रै जुटेको तथ्याङ्कले जनाएको छ । यसैबीच, बढ्दो ऋणसँगै यसको साँवा-ब्याज भुक्तानीको दायित्व पनि थपिँदै गएको छ । सरकारले यस वर्ष ऋणको साँवा-ब्याज तिर्न रु ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेकोमा फागुन मसान्तसम्म रु २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी गरिसकेको छ । यो वार्षिक विनियोजनको ५८.९४ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको तुलनामा माघ मसान्तसम्मको ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...