YouTube Link

ट्राफिक सप्ताह-२०८२ : सिर्जनशील र प्रभावकारी तरिकाले मनाइँदै

Facebook Link

काठमाडौं: आफ्नो जिम्मेवारी क्षेत्रभित्रका कार्यहरुलाई सिर्जनशील ढंगले सम्पादन गरेर प्रभावकारी कार्यान्वयनसहित जनमनमा ट्राफिक प्रहरीको छवि उच्च बनाउन लागिपरेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ‘दूर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ लाई पनि यसपटक सिर्जनशील ढंगले शुभारम्भ गरेका छन् । ‘दूर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ शुभारम्भ कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरू, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, नेपाल स्काउट, विभिन्न सरोकारवाला निकायहरूका प्रतिनिधिहरू, विद्यार्थीहरू, ट्राफिक भोलेन्टियरलगायतको सहभागितामा सडक सुरक्षासम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि र्याली बसन्तपुर कुमारीघरबाट शुरू भई न्यूरोड गेट, वीर अस्पताल, रणोद्वीप, पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

 

 

मूल समारोह कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको पुन: निर्माण भवनको समुद्‌घाटनसमेत गरेका थिए । साथै उनले भवन पुन: निर्माणमा योगदान पुर्याउनेहरुलाई कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकूका निर्देशक डा.युवानिधि बसौलाबीच ट्राफिक प्रहरी कर्मचारीहरूलाई इन्फ्लुएञ्जा भ्याक्सिन कार्यको शुभारम्भसम्बन्धी समझदारीपत्र आदान-प्रदान भएको थियो । यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसनका बोर्ड सदस्य सौरभ ज्योतिबीच ट्राफिक कर्मचारीहरूका लागि अनिवार्य अनुशिक्षण तालिम संचालनसम्बन्धी समझदारीपत्र आदान-प्रदानसमेत भएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले आमनागरिकमा ट्राफिक सचेतना अभिबृद्धि गर्न एवम् दूर्घटना न्यूनीकरण गर्न अभियान फलदायी हुने बताएका थिए । सडक दूर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायहरूको संयुक्त जिम्मेवारी आवश्यक रहेको उनले बताए । ट्राफिक प्रहरीका साथसाथै सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तर, सवारी चालक र अन्य समुदायको चेतना र आचरणले समेत सडक दूर्घटना न्यूनीकरणमा ठूलो भूमिका रहने प्रहरी महानिरीक्षकले उल्लेख गरे । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष दीपक केसी र राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले सडक सुरक्षाका बारेमा आ-आफ्नो धारणासहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको सवारी दूर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक वृत्तचित्र, ट्राफिक प्रहरी तथा बालकलाकरबाट नृत्यसमेत प्रस्तुत गरिएको थियो । स्मरणीय छ, काठमाडौं उपत्यकाका सडकलाई शान्त र सुरक्षित राख्न नयाँ-नयाँ उपायहरुको खोजीमा रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले थालेको कदमलाई सबै क्षेत्रबाट सकारात्मक रुपमा हेर्दै प्रशंसा गर्न थालिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...