YouTube Link

काठमाडौं उपत्यकामा आज यस वर्षकै कडा चिसो

Facebook Link

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको जनाएको छ । सोमबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ, जसका कारण जनजीवन प्रभावित बनेको छ ।

विभागको अद्यावधिक विवरण अनुसार काठमाडौंको कीर्तिपुरमा आज बिहानको तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकाका अन्य क्षेत्रमा पनि चिसोको असर उस्तै छ । ललितपुरको खुमलटार र भक्तपुरको नगरकोटमा समान २.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ भने सिन्धुपाल्चोकको चौतारामा न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ ।

हिमाली भेगको जनजीवन झन् कष्टकर बनेको छ । लुक्ला विमानस्थलको तापक्रम शून्यभन्दा तल अर्थात् माइनस ०.५ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै, जुम्ला विमानस्थलमा माइनस ५.९ डिग्री र हुम्लाको सिमकोट विमानस्थलमा माइनस ५.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । देशभर पश्चिमी वायुको प्रभाव र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएको हिमपातका कारण चिसो बढेको मौसमविद्हरूको भनाइ छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...