YouTube Link

राष्ट्रिय सभा निर्वाचनका लागि चार दलबीच यसरी गरियो भागबन्डा

Facebook Link

काठमाडौं: राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच भागबन्डा हुने भएको छ । यी दलहरू गठबन्धन गरेर माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सिटको निर्वाचनमा जान लागेका हुन् ।

 

राष्ट्रपतिबाट मनोनित वामदेव गौतमसहित १८ जनाका लागि हुने निर्वाचनमा चारै दलले भागबण्डा मार्फत् अगाडि बढ्ने अवस्था रहेको ब्रिफिङ अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एमाले सचिवालय बैठकमा गरेका छन् । ओलीको ब्रिफिङ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भागबण्डाबारे छलफल भइसकेको छ । यसमा अब उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको जसपा नेपाल पनि जोडिनेछ ।

 

छलफलमा कांग्रेस र नेकपा पनि सकारात्मक रहेकाले राष्ट्रिय सभामा सिट बाँडफाँट हुने निश्चित भएको ब्रिफिङ ओलीले गरेका हुन् । उनले सबै मिल्दा भागबन्डाका क्रममा १, २ सिट तलमाथि हुने पनि बताए । ‘राष्ट्रिय सभामा एमाले, कांग्रेस, नेकपा लगायत मिलेर जाने अवस्था देखिन्छ । सिट बाँडफाँड भइसकेको छ’, ओलीको ब्रिफिङबारे एमालेका एकजना सचिवालय सदस्यले भने, ‘कांग्रेसले ८, एमालेले ७, नेकपाले २ र जसपाले एक सिट लिने भद्र सहमति भएको ब्रिफिङ ओलीले गर्नुभएको छ । उहाँले १,२ सिट तलमाथि हुन सक्ने पनि बताउनु भएको छ ।’

 

नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल तयार भए त भन्ने प्रश्नमा एमालेका अर्का नेता भन्छन्, ‘प्रचण्ड कमरेडसँग अध्यक्षज्यूले भेट्दा पनि यो छलफल भएको रहेछ । उहाँहरू मिलेर नगए दुई सिट पनि पाउने अवस्था छैन । ठूलो दल कांग्रेस हो । ऊ तयार नहुँदासम्म कुरा मिल्ने कुरा थिएन । तर अहिले सहमति भइसकेको छ। यसैगरी भागबण्डा मिल्छ ।’ ती नेताका अनुसार प्रतिनिधि सभा निर्वाचनबारे छलफल भएको छैन । यता कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि नेकपा र एमालेसँग राष्ट्रियसभामा मिलेर जान तयार रहेको बताउँछन् ।

 

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गतेलाई तोकिएको छ। एमालेका ८, नेकपा माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । जसमा मधेश प्रदेशका ४, कोशी र लुम्बिनी प्रदेशका ३/३ तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका २/२ जना सदस्यको पदावधि २० फागुनबाट सकिन लागेको हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...