YouTube Link

इस्ट बंगालको सानदार जित, कराँची र नासरिनले खेले बराबरी

Facebook Link

काठमाडौं: साफ क्लब महिला च्याम्पियनसिप अन्तर्गत सोमबार भएको खेलमा भारतको इस्ट बंगाल फुटबल क्लबले भुटानको ट्रान्सपोर्ट युनाइटेडमाथि ४–० गोल अन्तरले जित निकालेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा जितसँगै इस्ट बंगालले अंकतालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ । ट्रान्सपोर्ट युनाइटेडले भने पहिलो हार बेहोरेको छ । टोलीको २ खेलबाट १ अंक छ । खेलको ३५औं मिनेटमा फाजिला इकवापुटले पहिलो गोल गर्दै इस्ट बंगाललाई अग्रता दिलाइन् ।

 

दोस्रो हाफमा पनि आक्रमक बनेको टोलीले ५८औं मिनेटमा सुलञ्जना राउलमार्फत अग्रता दोब्बर बनायो। त्यसपछि ६२औं मिनेटमा रेस्ती नान्जिरीले गोल गर्दै खेललाई एकतर्फी बनाइन् । ७१औं मिनेटमा फाजिलाले व्यक्तिगत दोस्रो गोल गरेसँगै इस्ट बंगालले ४–० को प्रभावशाली जित सुनिश्चित गर्‍यो ।

 

 

त्यसैगरी सोमबार नै सम्पन्न दोस्रो खेलमा पाकिस्तानको कराँची सिटी एफसीले लगातार बराबरी खेलेको छ । कराँचीले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित खेल्दै अंक बाँडेको हो । कराँचीको २ खेलबाट २ अंक भएको छ । समान खेलबाट नासरिनले पहिलो अंक जोडेको छ । नासरिन यसअघि पहिलो खेलमा नेपालको एपीएफ क्लबसँग ४-० को पराजित बेहोरेको थियो ।

 

 

च्याम्पियनसिपका खेल राउन्ड रोबिन आधारमा हुनेछन् । लिग चरणमा शीर्ष र दोस्रो स्थानको टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् ।

 

एन्फाले प्रतियोगिताको लागि दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ । टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । प्रतियोगिताको लागि अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...