YouTube Link

पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

 

लिग चरणमा शानदार प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ । आजको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र काठमान्डु गुर्खाज मध्य एक टोलीसँग खेल्नुपर्नेछ ।

 

राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबीचको खेललाई जारी संस्करणको हाईभोल्टेज खेलका रुपमा समेत हेरिएको छ । तीन दिनअघि मात्रै भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो ।

 

गत संस्करण जस्तै यसपटक पनि सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा रहेर प्लेअफ खेल्दैछ । सुरुवाती ६ खेलसम्म अपराजित सुदूरपश्चिम लिग चरणको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भयो । जारी प्रतियोगितामा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको सुदूरपश्चिमले अन्तिम खेल बाहेक बाँकी ६ वटामा प्रभावशाली प्रदर्शन गर्यो ।

 

विनोद भण्डारी र क्रिस लिनले सुरुवातीक्रम सम्हाल्दा दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे आरिफ शेख र हर्मित सिंहले तल्लोक्रमसम्म टोलीको ब्याटिङ मजबुत बनाए । दीपेन्द्र, स्कट कुगेलिइन र हर्मितको अलराउण्ड प्रदर्शन सुदूरपश्चिमको बलियो पक्ष रहेको छ । प्लेअफमा क्रिस लिन र जोश ब्राउन हुने छैनन् । उनीहरुको स्थानमा अमेरिकी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसन खेल्नेछन् ।

 

पहिलो संस्करण खराब प्रदर्शन गरेको विराटनगर यसपटक बलियो दाबेदारका रुपमा देखा परेको छ । विदेशी खेलाडीमा खुलेर खर्च गरेको उसले दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसीलाई अनुबन्ध गरेर लक्ष्यमा पुग्ने योजना बनाउँदा मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ, साम हिजलेटलाई अनुबन्ध गरेर स्तरीय टोली बनायो ।

 

उनीहरुलाई बसिर अहमद र लोकेश बमले साथ दिइरहेका छन् । बलिङमा सन्दीप आफै सर्वाधिक विकेटकर्ताका रुपमा शीर्षस्थानमा छन् भने मर्चेन्ट डे लाङले साथ दिइरहेका छन् । शुभम रन्जाने र जर्ज मन्से फर्किसक्दा मध्यक्रममा घरेलु ब्याटर चल्नु विराटनगरका लागि आवश्यक छ । सुरुवाती ३ खेल जिते पनि बीचमा केही धर्मराएको विराटनगरले अन्तिम खेलमा सुदूरपश्चिमको अपराजित यात्रामा पूर्ण विराम मात्र लगाएन एक पक्षिय नतिजा नै निकाल्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...