YouTube Link

पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

 

लिग चरणमा शानदार प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ । आजको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र काठमान्डु गुर्खाज मध्य एक टोलीसँग खेल्नुपर्नेछ ।

 

राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबीचको खेललाई जारी संस्करणको हाईभोल्टेज खेलका रुपमा समेत हेरिएको छ । तीन दिनअघि मात्रै भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो ।

 

गत संस्करण जस्तै यसपटक पनि सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा रहेर प्लेअफ खेल्दैछ । सुरुवाती ६ खेलसम्म अपराजित सुदूरपश्चिम लिग चरणको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भयो । जारी प्रतियोगितामा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको सुदूरपश्चिमले अन्तिम खेल बाहेक बाँकी ६ वटामा प्रभावशाली प्रदर्शन गर्यो ।

 

विनोद भण्डारी र क्रिस लिनले सुरुवातीक्रम सम्हाल्दा दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे आरिफ शेख र हर्मित सिंहले तल्लोक्रमसम्म टोलीको ब्याटिङ मजबुत बनाए । दीपेन्द्र, स्कट कुगेलिइन र हर्मितको अलराउण्ड प्रदर्शन सुदूरपश्चिमको बलियो पक्ष रहेको छ । प्लेअफमा क्रिस लिन र जोश ब्राउन हुने छैनन् । उनीहरुको स्थानमा अमेरिकी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसन खेल्नेछन् ।

 

पहिलो संस्करण खराब प्रदर्शन गरेको विराटनगर यसपटक बलियो दाबेदारका रुपमा देखा परेको छ । विदेशी खेलाडीमा खुलेर खर्च गरेको उसले दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसीलाई अनुबन्ध गरेर लक्ष्यमा पुग्ने योजना बनाउँदा मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ, साम हिजलेटलाई अनुबन्ध गरेर स्तरीय टोली बनायो ।

 

उनीहरुलाई बसिर अहमद र लोकेश बमले साथ दिइरहेका छन् । बलिङमा सन्दीप आफै सर्वाधिक विकेटकर्ताका रुपमा शीर्षस्थानमा छन् भने मर्चेन्ट डे लाङले साथ दिइरहेका छन् । शुभम रन्जाने र जर्ज मन्से फर्किसक्दा मध्यक्रममा घरेलु ब्याटर चल्नु विराटनगरका लागि आवश्यक छ । सुरुवाती ३ खेल जिते पनि बीचमा केही धर्मराएको विराटनगरले अन्तिम खेलमा सुदूरपश्चिमको अपराजित यात्रामा पूर्ण विराम मात्र लगाएन एक पक्षिय नतिजा नै निकाल्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...