YouTube Link

नेपाल चलचित्र नृत्य संघ फुटबल कपको उपाधि सोल्टी एफसीले जित्यो

Facebook Link

ललितपुर: बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको नेपाल चलचित्र नृत्य संघ फुटबल प्रतियोगिताको उपाधि सोल्टी एफसी जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको प्रतियोगिताको फाईनल खेलमा कलाकार टोलीलाई ३-० गोल अन्तरले हराउँदै सोल्टीले उपाधि जितेको हो ।

 

बक्स अफिस इन्टरनेसनल ग्रुपले एक बर्षमा करिव ५३ वटा प्रतियोगिताहरु सञ्चालन गर्ने संस्थाको क्यालेन्डर अनुसार संस्थाले मंसिर ६  गते सनिबार एन्फा कम्प्लेक्स ललितपुरमा प्रतियोगिताको आयोजना गरेको  थियो । प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी,  कलाकार टोली, बिजय एफसी  र सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेको थिए ।

 

एन्फा रेफ्रीले सञ्चालन गरेको नेपाल चलचित्र नृत्य संघ फुटबल कपको सेमिफाइनलको पोहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई प्रसिद्ध अभिनेता धिरेन शाक्य सम्मेलित कलाकार टोलीले ४-० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो । त्यसैगरी अर्को दोस्रो सेमिफाइनल खेलमा  सोल्टी एफसीले  बिजय एफसीलाई  ५-३ गोल अन्तरले हराउँदै कलाकार टोलिसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

 

फाईनल खेलमा धिरेन शाक्यको कप्तानीमा रहेको कलाकार टोलीलाई सोल्टी एफसीले ५-२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । सोल्टी एफसीबाट खेल्ने अधिकांश खेलाडिहरु व्यवसायिक रुपमा ‘ए’ डिभिजन खेल्दै गरेका युवा खेलाडिहरु समावेश थिए । व्यवसायिक रुपमा खेल्दै गरेका युवा खेलाडिहरुसँगको भिडन्तमा कलाकार टोली र विजय एफसीका खेलाडिले पनि कडा चुनौति पेस गरेका थिए ।

 

प्रतियोगिताको उत्कृट खेलाडी सोल्टी एफसीका कप्तान अजय राई, उत्कृष्ट डिफेन्डरमा कलाकार टोलिका अभिनेता धिरेन शाक्य, उत्कृष्ट मिडफिल्डरमा लोक गायक हरि डाँगी, उत्कृष्ट खेलाडी सोल्टी एफसीका सुमन राई  चुनिए भने गोलकिपरमा सोल्टी एफसीका रुबिन बोगटी छानिए । फेयर प्लेको अवार्ड बिजय एफसीलाई दिईएको थियो ।

 

 

बक्स अफिस इन्टरनेसनल ग्रुपले सञ्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीमा लागातार तेस्रो बर्षसम्म इमान्दारीतापूर्वक आफ्नो उत्कृष्ट खेल प्रदर्शनलाई निरन्तरता दिएकोमा शंकर खडका, बिजय रिमाल, अमर खत्रीलाई गोल्ड मेडल सहित विशेष सम्मान गरिएको थियो । त्यसैगरी एकेडेमीका बरिस्ठ खेलाडी सुर्य खडका, रोहित तितुङ, फलित राई, विशाल चौलागाईं, विशाल पाठक क्षेत्री, ईश्वर चौलागाईं, रोजन फुयाल, रोशन गुरुङ, सिदार्थ क्षेत्री र अन्डर १४ को उदयमान खेलाडी प्रज्वल खड्कालाई विशेष सम्मान गरेको थियो ।

 

 

नेपाल चलचित्र नृत्य संघको अध्यक्ष जनक कार्कीको सभापतित्वमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम निम्वाङको प्रमुख आथित्यतामा ललितपुर नृत्य संघका पुर्व अध्यक्ष प्रदीप रमण सिंह डंगोल, स्वस्थ्यकर्मी तथा अभिमको सदस्य रामजी श्रेष्ठ, महिला उधमी आस्मा राउत, वरिस्ठ इभेन्ट आयोजक तथा पत्रकार महेशजंग कुँवर, म्युजिक भिडियो निर्देशन अर्जुन पौडेल, ब्याबसायी सम्भु गिरी, युवराज खत्री, कलाकार तथा रुफटप बार्दली रिसोर्ट कपनका प्रमुख केदार खड्का, कलाकार हरिचन्द्र फुयाल गणेश थापा मगर, निर्माता बिनयराम श्रेष्ठ, बितरक निर्माता कलाकार सरोज शर्मा, सुनिता भट्टराई, महिला उद्यमी सावित्री घिमिरे ब्याबसायी सुर्य खड्काले बिजेता तथा उप बिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

 

 

नेपाली चलचित्रको एक अभिन्न अंग चलचित्रमा लाग्ने सम्पुर्ण नृत्यकर्मीहरुको सम्मानमा आफुले देशभर रहेको फुटबल क्लहरुलाई आह्वान गरि हरेक बर्ष यस्तो प्रकारको प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको संस्थाको अध्यक्ष आरके सुबेदीले बताए । कार्यक्रममा सभापति तथा नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्कीले यस्तो प्रतियोगिताले सम्पुर्ण नृत्यकर्मीहरुको शिर उच्च रहने भएकोले सम्पुर्ण खेलाडी, अफिसियल र रेफ्रीहरुलाई धन्यवाद व्यक्त गरे ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...