YouTube Link

नेपाली जनता दलद्वारा जेन-जी पुस्ताका माग पूरा गर्ने प्रतिबद्धता

Facebook Link

काठमाडौं: देशमा क्रियाशील रहेका दुई राजनीतिक पार्टी जेन-जी पुस्ताले उठाएका माग पूरा गर्ने प्रतिबद्धतासहित एकीकृत भएका छन् । जेन-जी पुस्ताले अहिले उठाएका माग विगत तीन दशक अघिबाटै उठाउँदै आएका हरिचरण साह नेतृत्वको नेपाली जनता दल र भ्रष्टाचारविरोधी आवाज बुलन्द पार्दै आएका नवराज सुवेदी नेतृत्वको जनयुग पार्टीबीच एकता भएको हो । एकतापछि पार्टीको नाम नेपाली जनता दल, निर्वाचन चिन्ह सिठ्ठी र झण्डामा पनि नेपाली जनता दलले प्रयोग गर्दै आएको विधानअनुसारको चक्रको सट्टा सिठ्ठी रहने पार्टी एकीकरण घोषणासभामा जानकारी दिइयो ।

 

पार्टी एकीकरण घोषणासभामा नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हरिचरण साहले वर्तमान सरकार गठनपूर्व जेन-जी पुस्ताले आफ्ना मागबारे लिखित सहमति नगर्नु भूल भएको बताउँदै जेन-जी पुस्ताले अहिले उठाएका माग आफूले तीन दशकअघिदेखि उठाउँदै आएकाले अब जेन-जी पुस्ताका माग नेपाली जनता दलले पूरा गर्ने प्रतिबद्धता जनाए । त्यस्तै कार्यकारी अध्यक्ष नवराज सुवेदीले नेपालका राजनीतिक शक्तिहरुले कच्चा खेल खेलेको आरोप लगाउँदै देशभित्रका तागतहरुको एउटै परराष्ट्र नीति नहुँदा विदेशी हस्तक्षेप बढेको सुनाए । निर्वाचनको वातावरण बनाउन सबै पक्ष जिम्मेवारीपूर्वक लाग्नुपर्ने भन्दै कार्यकारी अध्यक्ष सुवेदीले निर्वाचनभन्दा उत्तम विधि अर्को नभएको बताए ।

 

नेपाली जनता दल र जनयुग पार्टीबीच विभिन्न चरणमा भएका छलफल र वार्ताका माध्यमबाट निकालिएका निष्कर्षहरूबाट पार्टी एकता गर्ने निर्णय गरिएको बताइएको छ । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू समाज र राज्य सञ्चालनका वाहक हुन् । देशको विकासको आवश्यकता, समृद्धि, नेपाली जनताको आशा, आकांक्षा र चाहनाविपरीत विगतमा सत्तासीन दलहरूबाट भएका अन्याय, अत्याचार, कुशासन, भ्रष्टाचार, अनियमितताका कारण आन्दोलित भएको नेपाली जनताको न्यायपूर्ण आवाज नवयुवा (जेन-जी) आन्दोलनमार्फत् मुखरित भई नयाँ राजनीतिक परिस्थितिको निर्माण भएको नेपाली जनता दलको ठहर छ ।

 

नेपाली समाजको समावेशी विशिष्टतालाई ध्यान दिँदै जाति, वर्ण, लिंग, भाषा, धर्म, राजनीतिक, सामाजिक, सांस्कृतिक विचार, भूगोल, उत्पत्ति, जन्म वा अन्य कुनै आधारमा गरिने सबै प्रकारका शोषण, अन्याय, अत्याचार, विभेदहरूको अन्त्य गर्दै मानव जातिको समग्र विकास गरी गुणस्तरीय जीवनको लागि देशको राजनीतिक आन्दोलनलाई अगाडि बढाउनका लागि नेपाली जनता दल र जनयुग पार्टीले विभिन्न बूँदामा प्रतिबद्धता जनाउँदै एकीकृत भएका छन् ।

 

नेपाली जनता दलको विधानअनुसार राष्ट्रिय अध्यक्ष हरिचरण साह र कार्यकारी अध्यक्ष नवराज सुवेदी रहने सहमति भएको छ । दुवै पार्टीको एकीकरण गरी केन्द्रीय समितिको पदाधिकारीको कार्यविभाजन गरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यसहित ६३ सदस्यीय केन्द्रीय समिति रहने सहमति भएको र पार्टीको संरचनामा केन्द्रीय समिति, केन्द्रीय कार्यसम्पादन समिति, वैकल्पिक सदस्यहरु, सल्लाहकारहरु लगायत केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, स्थानीय तहहरु रहनेछन् । सामूहिक नेतृत्व र लोकतान्त्रिक विधिबाट पार्टी सञ्चालन गरिने प्रतिबद्धता राष्ट्रिय अध्यक्ष हरिचरण साहले दोहोर्याए ।

 

पार्टीको सिद्धान्त जनताको अधिकार र कर्तव्यलाई एकीकृत गर्दै नेपाली सभ्यतामा आधारित मौलिक समाजवाद, प्रकृतिवाद र वैज्ञानिक मानवतावाद रहने, पार्टीको उद्देश्य देशको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमत्ता, अखण्डता, गणतन्त्र र जनअधिकारको रक्षा गर्दै शान्ति, समृद्धि, सुशासन, पारदर्शिताका लागि विभेदहरुको उन्मूलन, प्रत्येक नागरिकको व्यक्तित्व विकास, उद्यमशीलता, रोजगारी, पूँजी निर्माण गरी प्रत्येक व्यक्तिको गुणस्तरीय जीवनको ग्यारेन्टी रहने, मानवलगायत सम्पूर्ण प्राणीजगत र वातावरणको संरक्षण, नेपाली सभ्यताको विकास गर्दै प्रत्येक नागरिकलाई स्वतन्त्रता, समानता र न्यायको प्रत्याभूति गराउन निरन्तर संघर्षशील रहने कार्यकारी अध्यक्ष नवराज सुवेदी बताउँछन् ।

 

नेपाली जनता दलको पञ्चशीलमा आधारित विदेश नीति रहने छ । जुनसुकै देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान, अहस्तक्षेप, समानता, पारस्परिक लाभ, शान्तिपूर्ण सह-अस्तित्व र अनाक्रमणको नीति रहने छ । संघर्षको नीतिमा नैतिक र गतिशील मूल्य र मान्यतामा आधारित सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक संघर्षहरुको सामाजिक सञ्चालन गरिने छ । जनचेतनामा आधारित छलफल, अन्तरक्रिया, भेटघाट, प्रचार-प्रसार, ज्ञापनपत्र, सञ्जालको माध्यम प्रयोग आदिमार्फत् आमजनतासमक्ष पुग्ने कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...