YouTube Link

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

Facebook Link

काठमाडौं: मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच विकेटको क्षतिमा भेट्टायो । नेपालले मलेसियालाई फाइनलमा १८ ओभरको समाप्तिमा ५ विकेटले हराउँदै सिरिज ३-२ ले जितेको हो ।

 

नेपालको जितमा पूजा महतो र रुबि पोदारले उत्कृष्ट ब्याटिङ गरे । महतोले २४ बलको सामना गरेर २३ रन बनाइन् भने रुबि पोदार २४ बलको सामना गर्दै २६ रन बनाइन् । सम्झना कुमारी खड्काले १३ बलमा १० रन जोडिन् । रुविना क्षेत्रीले १५ बलमा अविजित १५ बलमा १५ रन बनाउँदा कविता कुँवरले १९ बलको सामना गरेर १४ रन जोडिन् । कप्तान इन्दु बर्माले भने १३ बलको सामना गरेर ८ रन मात्र जोड्न सफल भईन् ।

 

घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनाएको हो । विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् । मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरीले ३ विकेट हात पारिन् भने कविता कुँवरले २ विकेट लिइन् । ऐरीले ३ ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् । कुँवरले ४ ओभर बलिङ गर्दा १६ रन दिएर २ विकेट हात पारिन् । नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् ।

 

यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...