YouTube Link

हायु परिवारलाई आधारहिन प्रचारले अनावश्यक हैरानी दियो

Facebook Link

काठमाडौं: हायू समाज नेपालले उर्मिला हायुको परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई पूर्वाग्राही ढंगले गलत टिप्पणी भएको भन्दै आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेको छ । समाजले आज एक विज्ञप्ती जारी गर्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका-३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर पूर्वाग्राहीपूर्ण गलत टिप्पणी गरेको भन्दै आपत्ती जनाएको हो ।

आधारहिन प्रचारले हायु परिवारलाई हैरानी  दिएको मात्र नभई समुदायको भावना र सम्मानमाथि प्रहार भएको बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ निवासी हायु समुदायका १६ सदस्यीय उर्मिला हायूको परिवार केही समयदेखि सम्पर्कविहीन भएका थिए । सिन्धुलीबाट सम्पर्कविहिन भएका परिवार पोखरामा सकुशल भेटिएका थिए । उनीहरुले श्रमिक कामको सिलसिलामा आफ्नो घर सिन्धुलीबाट पोखरा आएको जानकारी प्रहरीसमक्ष दिएका छन् । यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको भन्दै खेद पकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आग्रह पुर्वागढ़पुर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र विकृत मानसिकताको उपज बाहेक अरु केही हैन हाम्रो हावू समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानमा जीवनयापन गरि आएको आदिवासी समुदाय हो यस्तो आधार बिहान र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मान माथि प्रहार भएको अनुभूति हामीले गरेका छौं ।’ समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् ।

विज्ञप्तीः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...