YouTube Link

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

Facebook Link

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट सुनका गहना र नगद चोरी गरेर बाँके जिल्लाको कोहलपुर नगरपालिका-११ मा रहेको होटल न्यू कालीकोटेमा कोठा भाडामा लिई बसेका ६ जना पक्राउ परे । इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले होटल न्यू कालीकोटेको कोठा नम्बर ८ बाट उनीहरुलाई पक्राउ गरेको जानकारी इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले दिएकी छिन् ।

 

पक्राउ पर्नेमा कालीकोट जिल्लाको रासकोट नगरपालिका-१ का मनबहादुर शाही, तेजबहादुर शाही, कालीकोट जिल्लाकै सान्नी त्रिवेणी गाउँपालिका-८ का पंकज केसी, प्रेमबहादुर खत्री, अनिता खत्री, नरहरिनाथ गाउँपालिका-९ की सरिता शाही रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १५ तोला २५ लाल (पत्थरसहित) सुनका गर-गहना, ७ लाख ८७ हजार नेपाली रुपैयाँसमेत बरामद गरी निजहरु माथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्र.ना.उ. लक्ष्मी खनाल

 

प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले इलाका प्रहरी कार्यालय कोहलपुरअन्तर्गतका क्षेत्रमा अपराध नियन्त्रण गरी शान्ति-सुरक्षा र अमन-चैन चुस्त-दुरुस्त राख्ने सवालमा कुनै सम्झौता नगर्न आफूमातहतका प्रहरीहरुलाई कमाण्ड सम्हाल्दै अह्राएकी हुन् । प्रहरी नायब उपरीक्षक खनालको त्यहाँ सरुवा हुँदै गर्दा कोहलपुरबासीमा महिला प्रहरी नायब उपरीक्षकको कमाण्डमा कोहलपुरमा थप शान्ति-सुव्यवस्था कायम हुने चर्चा चलेको थियो । तर, प्रहरी नायब उपरीक्षक खनालले भनेकी थिइन्- ‘महिला-पुरुष भन्ने हुँदैन । हाम्रो काम जसरी पनि समाजलाई सुरक्षित राख्ने नै हो ।’

 

कोहलपुरबासीको सदीक्षालाई साकार पार्न इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनाल यतिबेला अपराधविरुद्धको निर्मम एक्सनमा छिन् । कुनै पनि किसिमका अपराधका हर्कत सह्य नहुने, त्यसविरुद्ध प्रहरी निर्ममरुपमा प्रस्तुत हुने जनाउ उनले कार्यभार सम्हाल्दै गर्दा दिएकी हुन् । आफ्नो इलाकालाई शान्त र सुरक्षित राख्न प्रहरी नायब उपरीक्षक खनालले देखाएको अग्रसरताको कोहलपुरबासीले खुलेरै प्रशंसा गरेका छन् । समुदायका विभिन्न क्षेत्रको समेत सक्रिय सहभागिता जुटाएर समुदाय-प्रहरी साझेदारीमा समाजलाई शान्त र सुरक्षित राख्न सकिने दृढमान्यताका साथ प्रहरी नायब उपरीक्षक खनाल क्रियाशील रहेको कोहलपुरबासीहरु बताउँछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...