Texas College
YouTube Link

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र शुरु हुन लागेको मनसुनजन्य विपद्का घटनाहरुमा नागरिकलाई तत्काल उद्धारका लागि प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा राख्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले आफूअन्तर्गतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीहरुको ज्ञान, सीप र कौशल अभिबृद्धि गर्ने उद्देश्यका साथ विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

 

भित्रिंदै गरेको मनसुनमा विपद् आइलागिहाल्यो भने र नागरिक विपदमा परिहाले भने तत्काल विपद् प्रतिकार्य उद्धारमा प्रहरी कर्मचारीहरु परिचालन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले नेपाल एसोशिएसन अफ राफ्टिङ एजेन्सी (नारा) सँगको सहकार्यमा आफूमातहतका इकाइमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद्सम्बन्धी अनुशिक्षण दिइएको जेठ २९ गतेबाट कीर्तिपुरको टौदह र रानीपोखरीमा सञ्चालन गरिएको विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम असार ५ गते काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच सम्पन्न भएको छ ।

 

 

विपद् अनुशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाभित्र आइपर्ने प्रकोपहरुमा उद्धारका लागि विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम महत्वपूर्ण सावित हुने बताइन् । कार्यक्रमको अध्यक्षता गरेका काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले साधान-स्रोत जुटाएर विपदमा उद्धारका लागि जनशक्ति तयारी हालतमा राख्न हरप्रयास भइरहेको साथै आगामी दिनमा कोर्ष नै तयार गरेर अगाडि बढ्न आफूहरुले योजना बनाइरहेको बताए । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले जनताले विपद् पर्दा सबैभन्दा नजिक रहेको प्रहरी चौकी र स्थानीय निकायलाई सम्झिने हुँदा सहकार्य गरेर अघि बढ्नु आवश्यक रहेको औल्याउँदै सबैसँग सहकार्य गरेर अघि बढ्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गरे । सबै किसिमका विपद्-जोखिममा सबैले हातेमालो गरेर अघि बढ्दा जोखिमबाट राहत महसुस हुने उनको भनाई थियो ।

 

 

सो अवसरमा विपद्-उद्धारसम्बन्धी विभिन्न पूर्वाभ्याससमेत प्रस्तुत गरिएको थियो भने विपद्सम्बन्धी अनुशिक्षणमा सहभागी काठमाडौं महानगरपालिका-२७ का वडा अध्यक्ष योगेश खड्गी, नेपाल एसोशिएसन अफ राफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष कमलबहादुर ठकुरी, प्रशिक्षक प्रकाश गुरुङ, राज त्रिपाठी, कृष्ण परियार, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रहरी सहायक निरीक्षक विक्रम घर्ती, प्रहरी सहायक हवलदार पारस थारु, प्रहरी जवान अनिल लुंगेली, विक्रम थापामगर, शंखधर उध्यान रत्नपार्क तथा रानीपोखरी इकाइका प्रमुख दामोदार लामा, नागराजा-नागरानी बासस्थान समाज टौदह कीर्तिपुरका अध्यक्ष श्रीराम खड्कालगायतलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो भने प्रहरी उपरीक्षक शालिकराम शर्माले विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रमका बारे प्रकाश पार्दै यस्ता अनुशिक्षणले विपद्को समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

 

 

नयाँ-नयाँ कार्यक्रम र योजनाका साथ अघि बढेका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नासाथ काठमाडौं उपत्यकालाई अपराधमुक्त बनाउन समाजका सरोकारवाला सबै क्षेत्रको साथ-समर्थन र प्रतिबद्धतासहित शुभारम्भ गरिएको ‘लागूऔषधविरुद्धको महाअभियान’ अहिले चर्चामा छ । ‘लागूऔषधविरुद्धको महाअभियान’ का ‘रोल मोडल’ मानिएका काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङकै प्रमुख आतिथ्यमा विभिन्न नगरपालिका, स्कूल, कलेज, टोल सुधार समितिलगायतले लागूऔषध दुर्व्यशनविरुद्ध जनचेतना जगाउनेलगायतका कार्यक्रम शुरु गरिसकेका छन् भने मनसुनको मुखमा मनसुनजन्य विपद् अइपरे नागरिकलाई तत्काल उद्धार गर्न गरिएको विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको इतिहासमै ‘लागूऔषधविरुद्धको महाअभियान’ पछिको अर्को ऐतिहासिक कार्यक्रम ठानिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...