YouTube Link

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

Facebook Link

काठमाडौं: किरातीहरुको महान् पर्व साकेला उभौली, ष्याँदर-पिदारको अवसरमा कुवेतमा हुने सांगीतिक प्रस्तुतीका लागि सुनुवार समुदायका चर्चित गायक महेश मुखिया सुनुवार त्यसतर्फ प्रस्थान गरेका छन् । “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मूल नारा सहित किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा र सुनुवार सेवा समाज कुवेतले संयुक्त रुपमा उक्त सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।

जेठ २ गते अर्थात् मे १६ तारिखमा हुने उक्त सांस्कृतिक कार्यक्रममा ष्याँदर-पिदारको अवसरमा शुभ-कामना आदान-प्रदान, किराती परम्परागत नृत्य, भेषभुषा प्रदर्शनका साथै गायक सुनुवारको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

विदेशी भूमिमा किरात भाषा, धर्म, परम्परा, संस्कृतिको संरक्षण तथा प्रचार-प्रसार गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकको भनाई रहेको छ । कुवेतमा रहेका सम्पूर्ण किराती तथा गैर किराती नेपाली समुदायहरुलाई आफ्नो मौलिक संस्कृतिको संरक्षण सम्बर्द्धनका लागि हातेमालो गर्न सांगीतिक कार्यक्रममा उपस्थित हुन पनि आयोजकले आव्हान गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...