YouTube Link

म्यानुअलदेखि डिजिटल फोटोग्राफीसम्मको रोञ्चक यात्रा

Facebook Link
vision

फोटोबारे साधरणतया सबैलाई थाहा छ । यो कसरी प्रिन्ट हुन्छ । यो कामगर्नलाई पहिलो क्यामरा प्रकाश दिने सामान जस्तै टर्ज, लालटिन, प्रेट्रोलमेक्स र रिल केमिकलहरुको आबश्यकता पर्दथ्यो । एकको अभाव भएका काम हुँदैनथ्यो । यो काम कसरी गरिन्छ भन्ने थाहा हुँदैनथ्यो किन कि पहिला म्यानुअलमा सबैभित्र अँध्यारो कोठामा काम गरिन्थ्यो । तर अहिले डिजिटलको बेलामा आएर त थाहा भएको जस्तो भयो किन कि सबै काम बाहिर सबैले देख्ने गरी हुन्छ ।

 

पहिला भने त यो कुरा लुकाए जस्तो हुन्थ्यो कसैले थाहा नै पाउँदैन थियो किनभने यो काम सबै अँध्यारो कोठामा गरिन्थ्यो । त्यसैले कसैलाई थाहा हुँदैनथ्यो । यति मात्र थाहा हुन्थ्यो, पहिलो कुरा पहिला फोटो एक प्रकाशबाट बनाइन्थ्यो भन्ने सुन्नमा आउँथ्यो । कसरी प्रकाश दिएर प्रिन्ट हुन्छ त यसबारे तपार्इंहरुलाई केहि कुराहरु बताउन गइरहेको छु । प्रकाशले मात्र भएर त प्रिन्ट हुँदैन यसलाई के-केको आवश्यक भएर बन्थ्यो भन्ने जानकारी लिउँ  ।

 

म्यानुअल फोटोग्राफीमा फोटोग्राफरले फोकस, एक्सपोजर, र डेभलपिङ प्रक्रियालाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्दथ्यो । डार्क रूममा रसायन प्रयोग गरेर फोटो डेभलप गरिन्थ्यो, जुन समयसापेक्ष र कला–केन्द्रित थियो । विशेषतः यो युगमा फोटोग्राफी सीमित, महँगो, र प्राविधिक कौशलमा निर्भर थियो । फोटो खिच्न र डेभलप गर्न धैर्य र विशेषज्ञता आवश्यक हुन्थ्यो । शुरुमा ५ किसिमको केमिकल मिसाएर बनाएको रसायनिक झोलबाट फोटो प्रिन्ट हुन्थ्यो यसबाट दुबै काम नेगेटिभ र पोजेटिभ हुन्थ्यो ।

 

 

यस केमिकलमा रिललाई भिजाए पछिमात्र नेगेटिभ भएर एक आकारमा आउथ्यो त्यस पछि मात्र फोटो उतार्न सकिन्थ्यो । त्यसपछि मात्र नेगटिभ साइजको आकारमा कागज (पेपर)मा लाईट दिएर त्यसलाई केमिकलमा राखेर पिन्ट भएर आउँथ्यो । एक अर्को रसायन हुन्थ्यो जसको नामचाहिँ हायफो भन्ने गरिन्थ्यो प्रिन्टको लागि प्रकाश दिएको कागजलाई यस हाइफो वा फिक्चर मा राखेर फिक्स भएपछि मात्र यसलाई बाहिर ल्याइन्थ्यो र त्यसलाई हावामा सुकाएपछि हेर्न र राख्न देख्न देखाउन सजियो भयो र यसलाई तयार भएको मानिन्थ्यो । जसलाई कन्ट्याक्ट प्रिन्ट भनिन्छ ।

 

म्यानुअल फोटोग्राफीमा फोटोग्राफरले फोकस, एक्सपोजर, र डेभलपिङ प्रक्रियालाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्दथ्यो । डार्क रूममा रसायन प्रयोग गरेर फोटो डेभलप गरिन्थ्यो, जुन समयसापेक्ष र कला–केन्द्रित थियो । विशेषतः यो युगमा फोटोग्राफी सीमित, महँगो, र प्राविधिक कौशलमा निर्भर थियो । फोटो खिच्न र डेभलप गर्न धैर्य र विशेषज्ञता आवश्यक हुन्थ्यो ।

 

यस प्रिन्टमा तपाईँहरुलाई माथि पनि भनि सकेको छ । नेगेटिभ साईजको मात्र प्रिन्ट गर्न सकिन्थ्यो भनेर । यो मेरो पहिलो अनुभव र पहिलो प्रयासको कामको सफलता भएको अनुभव केहि समयपछि आएर केमिकलमा परिवर्तन आयो । जसमा ५ रसायनबाट ३ रसायनमा परिवर्तन भयो यसले काममा एकदम सहज र छिटो काममा सहयोग पुग्यो । जसलाई हामीले हाइफो, फाइनग्रने, डेभलोवर भन्ने नामले परिचित बनायो ।

 

केमिकलको कामको बारेमा कुरा गरौ जसमा ३ वटा रसायनको काम फरक फरक छन्:-

१.      पहिलो केमिकल फाइनग्रेन हो जसले रिलमा खिचिएर रहेको आकारलाई यस केमिकलबाट कम्तिमा २० देखि ३० मा यसलाई राखेपछि यसले हामीले खिचिएको बस्तुको आकार परिणत गरेको पाइयो ।

 

२.      डेभलोफ यो पनि दोश्रो रसायन हो यसले नेगेटिभ साईजका आकारलाई कागजमा प्रकाश दिएर यस रसायनमा राखेको १ मि भित्रमा हामीले खोजेको तस्वीर देख्न सकिन्थ्यो ।

 

३.      फिक्चर वा हाइफो यसले दुवैको काम गर्दथ्यो नेगेटिभलाई पनि यसमा राखेर मात्र बाहिर ल्याउन सकिन्थ्यो भने कागजमा दिएको प्रकाशको प्रिन्टलाई पनि यसैले फिक्स गरेर बाहिर ल्याउन सकिने हो । यसरी नै पुरोनो वा म्यानुअल तरिकाले समय लगाएर फोटो प्रोसेसिन गरिन्थ्यो भने अहिले आएर थोरै समयमा धेरै काम गर्न सकिने र सजिलो बनाएको कारण व्यापार ब्यबसायमा पनि अलि असर पनि गरेको देखिन्छ । म्यानुअलको वेलमा श्रमको धेरै गर्नुपर्थ्यो र सहायक आवश्यकता पर्दथ्यो भने अहिले यो डिजिटलको समयमा एक जनाले धेरै काम गर्न सकिन्छ र त्योपनि हामीले प्रत्यक्ष रुपमा देख्न पाईन्छ । पहिला यो काम गर्नेलाई प्रकाशको काम भने टर्जलाईन, लालटिन, पेट्रोमेक्स र अहिले आएर बत्तिले प्रिन्ट भयो भने अहिले डिजिटल प्रविधिमा कम्प्यूटरबाट प्रिन्टरमा दिएर सिधै प्रिन्ट भएर ग्राहकसम्म पुग्छ ।

 

मेरो यसरी म्यानुअल देखि डिजिटलसम्मको यात्रा भएको थियो । अहिले जिडिटलसम्ममा आईपुग्दा अहिले क्यामरामा रिल क्यामरा डिजिटल क्यामरा र सटरविनाको क्यामराहरु देख्न सुन्न र चलाउन पाएको अवस्था छ । म्यानुअलबाट फोटोग्राफी शुरु गरेका म जस्ता फोटोग्राफर पछि फोटोपत्रकारहरुका लागि डिजिटल फोटोग्राफीको उदय (१९९० को दशक-वर्तमान) एउटा नयाँ र रोमाञ्चक क्षण मान्न सकिन्छ । किनभने अहिलेको पुस्ताको हातमा त सिधैं डिजिटल म्यामेरा पुगिसकेको हुन्छ ।

 

डिजिटल क्यामेराले फोटो तुरुन्तै हेर्न सकिने सुविधा दियो, जसले फोटोग्राफरलाई त्रुटि सच्याउन र रचनात्मक प्रयोग गर्न सहज बनायो । जुन म्यानुअलमा सम्भव थिएन । डिजिटल फोटोग्राफीले फोटोग्राफीलाई विश्वव्यापी बनायो । स्मार्टफोन क्रान्तिः २००० को दशकमा स्मार्टफोन क्यामेराको विकासले फोटोग्राफीलाई सर्वसाधारणको हातमा पुर्याएको छ ।

 

 

सफ्टवेयर र एडिटिङः फोटोशप, लाइटरूम, र मोबाइल एपहरूले डिजिटल फोटो सम्पादनलाई सजिलो र रचनात्मक बनाएका छन् । यस्तै शोशल मिडिया इन्स्टाग्राम, टिकटक, र फेसबुकजस्ता प्लेटफर्मले फोटोग्राफीलाई सामाजिक सञ्जालको अभिन्न अंग बनाएका छन् । म्यानुअल फोटोग्राफीको कला र धैर्यबाट सुरु भएको यो यात्रा डिजिटल युगमा आउँदा सुलभ, रचनात्मक, र विश्वव्यापी बनेको छ । म्यानुअल युगले फोटोग्राफीलाई कला बनायो भने डिजिटल युगले यसलाई जीवनको हिस्सा बनाएको छ हेर्दै जाउँ प्रविधिले हामीलाई कहाँ कहाँ पुर्याउने छ ।

(श्रेष्ठ राष्ट्रिय फोटो पत्रकार समूह नेपालको केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...