YouTube Link

२८औँ दिनपनि शिक्षकहरु सडकमा (फोटो समाचार सहित)

Facebook Link

काठमाडौं: गत चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज २८औँ दिनपनि जारी छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै आज पनि नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक प्रदर्शन गरेका थिए ।

 

 

आन्दोलनतर शिक्षकहरुले शिक्षा ऐन खोज्दै विभिन्न नारा समेत लगाएका थिए । उनीहरुको ‘साह्रै दुःख पाइयो, शिक्षा ऐन चाहियो’, ‘अग्रगामी शिक्षा ऐन दिलाइदे, हामीलाई स्कुल पठाइदे,’ ‘हामी सडक छोड्दैनौं, शिक्षा ऐन नआए । हामी मर्न तयार छौँ, शिक्षा ऐन नआए’, ‘ओइ सरकार ओइ, शिक्षा ऐन खोइ ?’ लगायतका नारा लगाएर शिक्षकहरु सडकमा नाचगान सहित फोटो खिचाउनमा समेत व्यास्त देखिन्थे ।

 

 

हिजो सोमबार राति सरकारसँग भएको वार्तामा सहमति नजुटेपछि बिहानै सामाजिक सञ्जाल मार्फत नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका थिए । सिंहदरबारमा भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता निष्कर्ष नजिक पुगेको दाबी गरेपनि महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भएपनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका थिए । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो ।

तस्बीरहरुः सुबास मुखिया सुनुवार

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...