YouTube Link

प्रहरीले हदैसम्मको संयमता अपनाउँदा-अपनाउँदै भीड थप उत्तेजित भएपछि गोली चल्योः प्रहरी

Facebook Link

काठमाडौं: चैत १५ गते तीनकुनेमा आयोजित विरोधसभा अपेक्षाविपरीत अशान्त बनेपछि पक्ष र विपक्षमा तर्क-विचार र बहस-विश्लेषण चलिरहेका बेला नेपाल प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पत्रकार सम्मेलन गर्दै प्रहरीले हदैसम्मको संयमता अपनाएको, त्यति गर्दा पनि विरोधसभा भड्किंदै गई थप जनधनको क्षति हुने अवस्था सिर्जना भएकाले बाध्य भएर गोली चलाउनुपरेको स्पष्ट पारे ।

 

घरको छतबाट अश्रुग्याँस प्रहार गरेको नभई अश्रुग्याँस आकाशतर्फ प्रहार गर्नुपर्ने हुँदा फरक ठाउँमा बसेकाहरुले माथिबाट झरेजस्तो देखेको प्रहरीको भनाई छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक आचार्यले ‘कम्फर्टेबल जोन’ मा नबसी अश्रुग्याँस प्रहार हुँदा अन्यत्र पनि पुगेको बताए । ‘तीनकुनेको प्रदर्शनका क्रममा प्रहरी कम्फर्टेबल जोनमा थिएन । प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी ढुंगा र इँटा प्रहार गरिराखेका थिए । सोही क्रममा अश्रुग्याँस प्रहार गर्दा मञ्चसम्म पनि पुगेको हुन सक्छ । प्रहरी कसैको घरको छतमा बसेको पनि थिएन’ केन्द्रीय प्रहरी प्रवक्ताको तर्क छ ।

 

कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी रेविका खत्रीलाई झुक्किएर खुट्टामा गोली लागेको प्रहरीले दाबी गरेको छ । जडिबुटीस्थित खाद्य गोदामबाट कोटेश्वरस्थित डेरामा फर्कने क्रममा रेविकालाई खुट्टामा गोली र उनका दाजुलाई छर्रा लागेको थियो । ‘कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटलगायतमा लुटपाट भयो । नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्यो । त्यही हुलमुलमा डेरातर्फ जाँदै गरेकी रेविकालाई गोली लागेको हुनसक्छ’ केन्द्रीय प्रहरी प्रवक्ता आचार्यले भने ।

 

प्रदर्शन थप भड्किलो हुँदै गएपछि त्यसबाट थप धनजनको क्षति हुन नदिन अश्रुग्याँस ७४६ सेल, ब्ल्याक राउण्ड १९२, पेस्तोल २ राउण्ड र प्लाष्टिकको गोली ५८ राउण्ड प्रहार भएको प्रहरीको भनाई छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक आचार्यले शान्ति-सुरक्षाजस्तो संवेदेनशील विषयलाई सामाजिक सञ्जाललगायतका सञ्चार माध्यमबाट यथार्थ र वास्ताविकता नबुझी टीका-टिप्पणी नगर्नसमेत सबैसँग आग्रह गरेका छन् । प्रहरीले अन्तिम समयसम्म हदैसम्मको संयमता अपनाउँदा पनि प्रहरीलाई इँटा-ढुंगा प्रहार गरी ज्यानै लिने नियतका साथ प्रदर्शनकारी प्रदर्शनमा उत्रिएपछि २ बजेर ५४ मिनेटमा पहिलो गोली प्रहार गरेको, प्रदर्शनकारीको आक्रमणमा परी ५५ जना नेपाल प्रहरी, २३ जना सशस्त्र प्रहरी र ५३ जना प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ ।

 

कार्यक्रम शुरु हुनासाथ पौने १ बजेतिर मञ्चबाटै एकजनाले ‘अब नयाँ बानेश्वरतिर जानुपर्छ । संसद् भवन कब्जा गर्नुपर्छ’ भनेर उदघोष गर्नासाथ विरोध प्रदर्शन थप उग्र हुँदै गएको र ती प्रदर्शनकारीले मञ्चबाटै पुनः ‘नेताको घर जलाउने कार्यक्रम गर्नुपर्छ । सिंहदरबार र एयरपोर्ट कब्जा गर्नुपर्छ । यहाँ दिनदिनै आएर टाइम वेष्ट नगरौं । आगो लगाउनुपर्छ अब । हामी पछाडि हट्ने होइन, अगाडि बढौ ।’ भनेपछि प्रदर्शन नियन्त्रणबाहिर जान थाल्यो र अन्ततः सुरक्षा निकायले निर्ममतापूर्वक हस्तक्षेप गर्नुपर्ने अवस्था आइपरेको विभिन्न भिडियो क्लिपहरुबाट देख्न सकिन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...