YouTube Link

एनएसएलमा कुन खेलाडी कहाँबाट खेल्न पुगे ?

Facebook Link

काठमाडौं: नेपाल सुपर लिग फुटबल (एनएसएल) प्रतियोगिताको नयाँ सिजनको लागि खेलाडीहरुको खरिद बिक्री भएको छ । एनएसएलको आगामी संस्करणामा झापा फुटबल क्लब, चितवन फुटबल क्ल्ब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, पोखरा थन्डर्स फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबको सहभागीता रहने छ ।

 

यस पटकको अक्सनमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, विदेशी, आईकोनिक र गैर आवसीय नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ ।

 

फरवार्ड जिलेस्पीजंग कार्की सर्वाधिक चार लाख रुपैयाँमा बिक्री भएका छन् । ‘ए’ क्याटोगोरीका उनलाई लिन दुई टोलीले इच्छा देखाएपछि उनी गोलाप्रथाबाट काठमाडौं रेजर्समा पुगेका हुन् । गोलरक्षक एञ्जल श्रेष्ठ गोलाप्रथाबाट झापा एफसी पुगेका छन् । क्याटोगोरी ‘बी’का श्रेष्ठलाई लिन दुई टोलीले चासो देखाएपछि उनी दुई लाख रुपैयाँमा बिक्री भएका हुन् ।

 

मिडफिल्डर लक्षु थापा अनसोल्ड भएका छन् । क्याटोगोरी ‘बी’का लक्षुलाई लिन एनएसएलका कुनै टोलीले चासो देखाएनन् । मिडफिल्डर नवीन लामा दुई लाख रुपैयाँमा बिक्री भएका छन् । नवीनलाई ललितपुर सिटी एफसीले दुई लाख रुपैयाँमा खरिद गरेको हो । क्याटोगोरी ‘बी’ का नवीन यसअघि ललितपुर एफसी र स्पोर्टिङ इलामबाट एनएसएल खेलेका थिए ।

 

डिफेन्डर अविशेक लिम्बु गोलाप्रथाबाट एफसी चितवन पुगेका छन् । अविशेक  ४ लाख रुपैयाँमा बिक्री भएका हुन् । क्याटोगोरी ‘ए’ का अविशेकलाई तीन टोलीले बोली लगाएका थिए । मिडफिल्डर हरि कार्की अनसोल्ड भए । क्याटोगोरी ‘बी’ का हरिमाथि कुनै टोलीले बोली लगाएनन् ।

 

डिफेन्डर आशिष गुरुङ सर्वाधिक चार लाख रुपैयाँमा बिक्री भएका छन् । क्याटोगोरी ‘ए’का आशिषलाई चार टोलीले बोली लगाएपछि उनी गोलाप्रथाबाट झापा पुगेका हुन् । डिफेन्डर निर्मल बल एनएसएलमा अनसोल्ड भएका छन् । क्याटोगोरी ‘बी’ का निर्मललाई कुनै टोलीले बोली लगाएनन् । डिफेन्डर पासाङ लामालाई चार लाख रुपैयाँमा धनगढी सिटी एफसी खरिद गरेको छ । क्याटोगोरी ‘ए’ का लामालाई धनगढीले सर्वाधिक चार लाख रुपैयाँमा खरिद गरेको हो । उनी अघिल्लो सिजन बुटवलबाट एनएसएल खेलेका थिए ।

 

मिडफिल्डर दिनेश हेन्जन गोलाप्रथाबाट काठमाडौं रेजर्स पुगेका छन् । उनलाई तीन टोलीले चार लाख रुपैयाँमा बोली लगाएपछि क्याटोगोरी ‘ए’ का दिनेश गोलाप्रथाबाट काठमाडौं पुगेका हुन् । जारी अक्सनमा सर्वाधिक बोली लाग्ने दिनेश दोस्रो खेलाडी हुन् । उनले यसअघि ललितपुरबाट एनएसएल खेलेका थिए ।

 

मिडफिल्डर विशाल तामाङ गोलाप्रथाबाट पोखरा थन्डर्स पुगेका छन् । क्याटोगोरी ‘बी’का विशाललाई तीन टोलीले बोली लगाएपछि उनी गोलाप्रथाबाट पोखरा पुगेका हुन् । उनी दुई लाख रुपैयाँमा बिक्री भए । गोलरक्षक शत्रुधन चौधरी अनसोल्ड भएका छन् । क्याटोगोरी ‘बी’का शत्रुधनलाई लिन कुनै टोलीले चासो देखाएनन् । उनी यसअघि वीरगन्ज र बुटवलबाट एनएसएल खेलेका थिए ।

 

गोलरक्षक टिकेन्द्रसिंह थापा गोलाप्रथाबाट बुटवल लुम्बिनी पुगेका छन् । क्याटोगोरी ‘बी’ का टिकेन्द्रलाई लिन धनगढी, पोखरा र बुटवलले चासो देखाए । उनी दुई लाख रुपैयाँमा बिक्री भए । उनी यसअघि धनगढीबाट एनएसएल खेलेका थिए ।

 

डिफेन्डर विक्रम तामाङ अनसोल्ड भए । क्याटोगोरी ‘बी’ का विक्रमलाई लिन कुनै टोली इच्छुक देखिएनन् । मिडफिल्डर सन्दीप कार्की एनएसएलको अक्सनमा अनसोल्ड भएका छन् । क्याटोगोरी ‘बी’ का सन्दीपलाई लिन कुनै टोलीले चासो देखाएनन् । मिडफिल्डर जय गुरुङ एक लाख ५० हजार रुपैयाँमा एफसी चितवनमा पुगेका छन् । क्याटोगोरी ‘बी’ का जय यसअघि वीरगन्ज र बुटवलबाट एनएसएल खेलिसकेका छन् ।

 

डिफेन्डर अशोक खवास अक्सनमार्फत एक लाख ५० हजार रुपैयाँमा धनगढी एफसीमा फर्किएका छन् । क्याटोगोरी ‘बी’ का अशोक यसअघि धनगढी एफसी र झापा एफसीबाट एनएसएल खेलिसकेका छन् । फरवार्ड युवराज खड्का अनसोल्ड भएका छन् । क्याटोगोरी ‘बी’ का युवराजलाई लिन कुनै टोलीले बोली लगाएनन् । उनी पहिलो सिजन वीरगन्जबाट एनएसएल खेलेका थिए ।

 

डिफेन्डर कमल श्रेष्ठ एक लाख ५० हजार रुपैयाँमा काठमाडौं रेजर्समा पुगेका छन् । क्याटोगोरी ‘बी’ का कमललाई काठमाडौंले न्यूनतम रमकमा बिक्री गरेको हो । यसअघि उनले ललितपुर सिटी एफसी र धनगढी एफसीबाट खेलिसकेका छन् । मिडफिल्डर भरत खवास अनसोल्ड भएका छन् । क्याटोगोरी ‘ए’ का भरतलाई लिन एनएसएलका कुनै टोलीले चासो देखाएनन् । मिडफिल्डर प्रशान्त लक्षमलाई एक लाख ७० हजार रुपैयाँमा धनगढी एफसीले खरिद गरेको छ । क्याटोगोरी बीका प्रशान्त उनी यसअघि झापा एफसीबाट एनएसएल खेलेका थिए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...