YouTube Link

चिकित्सकको राष्ट्रिय सम्मेलन जनकपुरधाममा शुरु

Facebook Link

जनकपुर: स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले चिकित्सकको राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा शुरु भएको छ । विशेषज्ञ चिकित्सकहरूको छाता संगठन सिमोनद्वारा आयोजित उक्त सम्मेलनको वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले उद्घाटन गरे ।

 

सिमोनको आयोजना र मधेश प्रदेश च्याप्टरको स्थानीय सहयोगमा दुईदिने सम्मेलन शुरु भएको हो । यो सम्मेलनले चिकित्सकहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने रहेको बताइएको छ । सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी रहेको सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन् ।

 

पहिलोपटक जनकपुरधाममा आयोजना भएको सम्मेलनमा भाग लिनका लागि करिब चार सयभन्दा बढी चिकित्सकको उपस्थित छन् । सम्मेलनमा नेपालभरिका चिकित्सकले तयार गरेका शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ । सिमोनको छैठौं राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने जनाइएको छ ।

 

सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उद्देश्यका साथ यो कार्यक्रम गरिएको बताए । यसअघि नेपालका विभिन्न भागमा यो संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सिमोनका मधेश प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कुलदीप पण्डितले जानकारी दिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...