YouTube Link

चिकित्सकको राष्ट्रिय सम्मेलन जनकपुरधाममा शुरु

Facebook Link

जनकपुर: स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले चिकित्सकको राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा शुरु भएको छ । विशेषज्ञ चिकित्सकहरूको छाता संगठन सिमोनद्वारा आयोजित उक्त सम्मेलनको वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले उद्घाटन गरे ।

 

सिमोनको आयोजना र मधेश प्रदेश च्याप्टरको स्थानीय सहयोगमा दुईदिने सम्मेलन शुरु भएको हो । यो सम्मेलनले चिकित्सकहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने रहेको बताइएको छ । सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी रहेको सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन् ।

 

पहिलोपटक जनकपुरधाममा आयोजना भएको सम्मेलनमा भाग लिनका लागि करिब चार सयभन्दा बढी चिकित्सकको उपस्थित छन् । सम्मेलनमा नेपालभरिका चिकित्सकले तयार गरेका शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ । सिमोनको छैठौं राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने जनाइएको छ ।

 

सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उद्देश्यका साथ यो कार्यक्रम गरिएको बताए । यसअघि नेपालका विभिन्न भागमा यो संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सिमोनका मधेश प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कुलदीप पण्डितले जानकारी दिए ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...