YouTube Link

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

World Cup 2026
Facebook Link

काठमाडौं: वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् । दातृ निकायको सहयोगमा आफूहरूले बनाएका कार्यक्रमहरूमा कतैपनि हिन्दू धर्मलाई ठेस पुर्‍याउने काम नगरेको प्रष्टीकरण गरेका छन् ।

 

मह जोडीले अमेरिकी सहयोग नियोग युएसएडबाट अनुदान लिएर हिन्दू धर्मविरुद्ध कार्यक्रमहरू बनाएको भन्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । मदनकृष्ण र हरिवंश दुवैले एक ठाउँ बसेर आज यसको खण्डन गरेका हुन् । आफूहरूले यूएसएडको पैसामा केही सचेतनामूलक कार्यक्रमहरू बनाएको भएपनि ती कार्यक्रममा कुनै धर्मको पक्षपोषण वा विरोध नभएको उनीहरूको भनाइ छ ।

 

हेर्नुहोस मह जोडीको प्रष्टीकरण

 

नमस्कार

हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कामहरू गरे भनेर अनर्गल प्रचार भइरहेको छ । यसले हाम्रो चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी सम्झिन्छौँ । हितैषीहरूबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ ।

 

संसारमा राम्रा कुरा पनि छन् नराम्रा पनि छन् । हामीले राम्रा मात्रै छानेर काम गर्दै आएका छौँ । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू यी अधर्मका विषयहरू होइनन् । हाम्रो टेलिफिल्महरु हेरेर जाँच्नु भए हुन्छ । त्यसमा केही पनि नचाहिने कुरा छैनन् ।

 

हामी अहले दुई फरक फरक चलचित्रको छायांकनमा छौँ । एउटा मदन दाइले खेल्नुभएको छ र एउटा मैले खेलेको छु । यो अनर्गल प्रचार आउनुभन्दा अगाडि नै हामीले भगवनको मन्दिरहरूमा पूजाआजा गरेर फिल्मको शुभारम्भ गरेका थियौँ ।

 

यूएसएडको कुरा आउँदा हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका सचेतनामूलक कार्यक्रम बनाएका छौँ । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग राखेका छौँ । त्यो पल्टाएर हेर्नुभए हुन्छ । त्यहाँ कहीँ पनि हिन्दु, बौद्ध वा कुनै धर्मको विरोध गरेका छैनौँ । कुनै धर्मको प्रचार पनि गरेका छैनौँ ।

 

२०५२ सालमा हामीले पञ्चायतको सराद्धेभन्ने कार्यक्रममा पण्डित पात्रमाथि व्यंग्य गरेका छौँ । पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितको छोरा हुँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ । नेतालाई, पुलिसलाई, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यो टेलिचलचित्रको एउटा टुक्रा राखेर हामीले सनातन धर्मको विरोध गर्‍यौँ भन्नु कपोलकल्पित हो । हामी आफ्नो काममा निरन्तर लागिरहन्छौँ । यस्ता कुराहरुले हतोत्साहित हुँदैनौँ । नेपाली जनतालाई यस्ता भ्रामक कुराहरूमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौँ ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...