YouTube Link

म्यानमार र कीर्गिस्तान तथा नेपाल र लेबनान भिड्दै

Facebook Link

काठमाडौं: फोर नेसन्स वुमन्स इन्टरनेसनल च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेल लेबनानसँग खेल्दैछ । दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ । यसअघि दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच प्रतिष्पर्धा हुनेछ ।

 

नेपाली राष्ट्रिय महिला टोली

 

पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ । सिंगल लिगमा भइरहेको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा म्यानमारसँग लेबनान ३-१ ले पराजित भएको थियो । अर्को खेलमा भने नेपालले कमजोर टोली किर्गिस्तानसँग १-० को जित निकालेको थियो ।

 

लेवनान राष्ट्रिय महिला टोली

 

प्रतियोगिताको लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । हालसम्मको तालिका अनुसार म्यानमार र नेपाल तीन अंकसहित शीर्ष स्थानमा छन् । किर्गिस्तान र लेबनान भने अंकविहीन छन् । त्यसैले लेबनना प्रतियोगितामा जित निकाल्नै पर्ने दबाबमा छ । यता, नेपाल भने यो खेलमा जितसहित फाइनल यात्रा मजबूत बनाउन चाहन्छ । किनभने अर्को विपक्षी म्यानमार नेपालभन्दा बलियो मानिन्छ ।

 

म्यानमार राष्ट्रिय महिला टोली

 

यो खेलमा नेपाली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ गत वर्ष साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको नतिजा दोहोर्‍याउन चाहन्छन् । सेमिफाइनलमा भएको उक्त भेटमा नेपालले लेबनानलाई २-१ ले हराएको थियो । आजको खेलमा बराबरी वा हारले भने नेपाललाई फाइनल यात्राका लागि चुनौती हुनेछ । फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन् । ।

किर्गिस्तान राष्ट्रिय महिला टोली

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...