YouTube Link

महिला फुटबल प्रतियोगिताको तयारी पूरा

World Cup 2026
Facebook Link

काठमाडौं: सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भएको छ । ‍प्रतियोगितालाई एएफसी वुमेन्स एसियन कप र फिफा वुमन्स विश्वकपको छनोटको तयारीको रुपमा लिएको एन्फाको भनाइ छ ।

 

प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा प्रशिक्षण भईरहेको छ ।

 

 

प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानका प्रशिक्षक तथा टिम क्याप्टेनले प्रतियोगिता जित्नेमा आफु ढुक्क रहेको आज पत्रकार सम्मलेन मार्फत जानकारी गराएका छन् ।

 

प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ ।

 

 

प्रतियोगिताको टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ, टिकेटिङ, डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिकलाई प्रदान गरिएको छ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ १००० तोकिएकोए छ । प्रतियोगिताको अनुमानित बजेट २ करोड ५० लाख रूपैयाँ रहेको छ ।

 

 

प्रतियोगिताको लिग चरण र फाइनल गरी ९ दिनमा ४ दिन म्याच डे हुनेछन् । नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ । लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ ।

 

खेल तालिकाः

फागुन ५ गते

म्यानमार विरुद्ध लेवनान : दिउँस २ बजे

नेपाल विरुद्ध किर्गिस्तान : साँझ ६ बजे ‍

 

फागुन ८ गते

किर्गिस्तान विरुद्ध म्यानमार :  दिउँस २ बजे

नेपाल विरुद्ध लेवनान : साँझ ६ बजे

 

फागुन ११ गते

किर्गिस्तान विरुद्ध लेवनान : दिउँस २ बजे

नेपाल विरुद्ध म्यानमार : साँझ ६ बजे

 

फागुन १४ गते

फाइनल: साँझ ६ बजे

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...