प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाईरल
वि.सं.२०८१ माघ ७ सोमवार १२:३७
1.3K
shares
काठमाडौं: सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २४/२५ वर्षको जस्तो देखिने एक युवकमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा यत्रतत्र भाईरल भईरहेको छ । रातको समयमा सवारी चालक अनुमति पत्र र ब्लुबुक जाँच गर्ने क्रममा ती पिटाई खाने युवकले सडक किनारबाट ‘म फोन गर्छु, पर्खिनुस्’ भन्ने आवाज सुनिन्छ ।
सो लगत्तै डिउटीमा खटिएका प्रहरीले झम्टिएर उनीमाथि लात्ता प्रहार गरेको भिडियोमा देख्न सकिन्छ । प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर ती व्यक्तिलाई बिजुलीको पोल छेउमा लडाउँछन् । ‘ए फोन गर्छस् ? कस्लाई फोन गर्छस ? पावर लगाउँछस् ?’ भन्दै ती व्यक्तिलाई भुइँमा लडाएर कम्मरमुनीको भागमा लात्तै लात्ताले हानेको भिडियोमा प्रष्ट देखिन्छ ।
भिडियो…
वि.सं.२०८१ माघ ७ सोमवार १२:३७




















