YouTube Link

फोनिज काठमाडौं शाखामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

Facebook Link

काठमाडौं: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को जिल्ला शाखा काठमाडौंमा भीम बहादुर लामाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

 

आइतबार काठमाडौंमा सम्पन्न फोनिजको ७औ जिल्ला अधिवेशबाट लामा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा सुदिना श्रेष्ठ, सचिवमा रत्नकाजी महर्जन, कोषाध्यक्षमा दीपा सुनुवार, सह-सचिव (महिला)मा नितु डंगोल सर्वसम्मत चयन भएका छन् ।

 

यसैगरी फोनिज काठमाडौं शाखाको सदस्‍यहरूमा खुल्लातर्फ वेदबहादुर गुरूङ र किच: सिंह डंगोल, यस्तै महिला सदस्‍यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर र अन्जना राई, संस्थागतर्फ अजय खड्गी र पासा काजी शेर्पा चयन भएका छन् ।

 

फोनिजले जिल्ला अधिवेशनबाट प्रदेश र संघीय प्रतिनिधिहरू समेतलाई सर्वसम्मत चयन गरेको छ । प्रदेशतर्फ ६ महिलासहित २० गरी २६ जना तथा संघीयतर्फ ७ महिला र १३ खुल्ला गरी २० जना चयन गरेको छ ।

 

प्रदेश प्रतिनिधितर्फ विमला मानन्धर (महिला), सरस्वती श्रेष्ठ सरू (महिला), मिङ्‌मा लामा (महिला), सबिका श्रेष्ठ (महिला), मनमाया स्याङ्बो (महिला), अनिता डंगोल (महिला), उदेन न्हुसामी, सुरज मानन्धर, एलबी सागर, प्रदीपकुमार श्रेष्ठ, हिरो लोप्चङ, तेज नाछिरिङ राई, दसीराम थारू, मनोजरत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनुवार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महर्जन, प्रजित शाक्य, हेमप्रकाश राई, श्याम लामा र प्रेम लामा चयन भएका छन् ।

 

 

यस्तै संघीय प्रतिनिधितर्फ गंगादेवी महर्जन (महिला), मिक्साङ वाइबा तामाङ (महिला), यशोदा भुजेल (महिला), शुशिला तामाङ (महिला), सुप्रिया राई (महिला), मञ्जु तामाङ (महिला), निशा तामाङ (महिला), पूर्णभक्त दुवाल, हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ, अर्जुनबहादुर तामाङ, लालकुमार मोक्तान, सहदेव चौधरी, अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, विगेन तुलाधर र दिलिप तामाङ चयन भएका छन् ।

 

 

अधिवेशनपछि नवनिर्वाचित पदाधिकारी काठमाडौं शाखा, प्रदेश तथा संघीय प्रतिनिधिहरूलाई रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथपछि काठमाडौं शाखाका नवनिर्वाचित अध्यक्ष भीमबहादुर लामाले आदिासी जनजाति पत्रकारहरूको हकहितका लागि आफू सधैं दत्तचित भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...