YouTube Link

फोनिज काठमाडौं शाखामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

Facebook Link

काठमाडौं: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को जिल्ला शाखा काठमाडौंमा भीम बहादुर लामाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

 

आइतबार काठमाडौंमा सम्पन्न फोनिजको ७औ जिल्ला अधिवेशबाट लामा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा सुदिना श्रेष्ठ, सचिवमा रत्नकाजी महर्जन, कोषाध्यक्षमा दीपा सुनुवार, सह-सचिव (महिला)मा नितु डंगोल सर्वसम्मत चयन भएका छन् ।

 

यसैगरी फोनिज काठमाडौं शाखाको सदस्‍यहरूमा खुल्लातर्फ वेदबहादुर गुरूङ र किच: सिंह डंगोल, यस्तै महिला सदस्‍यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर र अन्जना राई, संस्थागतर्फ अजय खड्गी र पासा काजी शेर्पा चयन भएका छन् ।

 

फोनिजले जिल्ला अधिवेशनबाट प्रदेश र संघीय प्रतिनिधिहरू समेतलाई सर्वसम्मत चयन गरेको छ । प्रदेशतर्फ ६ महिलासहित २० गरी २६ जना तथा संघीयतर्फ ७ महिला र १३ खुल्ला गरी २० जना चयन गरेको छ ।

 

प्रदेश प्रतिनिधितर्फ विमला मानन्धर (महिला), सरस्वती श्रेष्ठ सरू (महिला), मिङ्‌मा लामा (महिला), सबिका श्रेष्ठ (महिला), मनमाया स्याङ्बो (महिला), अनिता डंगोल (महिला), उदेन न्हुसामी, सुरज मानन्धर, एलबी सागर, प्रदीपकुमार श्रेष्ठ, हिरो लोप्चङ, तेज नाछिरिङ राई, दसीराम थारू, मनोजरत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनुवार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महर्जन, प्रजित शाक्य, हेमप्रकाश राई, श्याम लामा र प्रेम लामा चयन भएका छन् ।

 

 

यस्तै संघीय प्रतिनिधितर्फ गंगादेवी महर्जन (महिला), मिक्साङ वाइबा तामाङ (महिला), यशोदा भुजेल (महिला), शुशिला तामाङ (महिला), सुप्रिया राई (महिला), मञ्जु तामाङ (महिला), निशा तामाङ (महिला), पूर्णभक्त दुवाल, हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ, अर्जुनबहादुर तामाङ, लालकुमार मोक्तान, सहदेव चौधरी, अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, विगेन तुलाधर र दिलिप तामाङ चयन भएका छन् ।

 

 

अधिवेशनपछि नवनिर्वाचित पदाधिकारी काठमाडौं शाखा, प्रदेश तथा संघीय प्रतिनिधिहरूलाई रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथपछि काठमाडौं शाखाका नवनिर्वाचित अध्यक्ष भीमबहादुर लामाले आदिासी जनजाति पत्रकारहरूको हकहितका लागि आफू सधैं दत्तचित भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...