नेपालले आज बंगलादेशसँग सुपर-४ को अन्तिम खेल खेल्दै
वि.सं.२०८१ पुस ५ शुक्रवार ०८:१६
1.6K
shares
काठमाडौं: मलेसियामा जारी यु-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर-४ को अन्तिम खेल खेल्दैछ । भारत र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।
तीन खेलमा समान ४ अंक जोडेको बंगलादेशले पनि ३ खेल खेलेको छ । आज बंगलादेशलाई पराजित गरे नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ । जारी प्रतियोगितामा भारतले भने फाइनमा स्थान सुरक्षित गरिसकेको छ ।
सुपर-४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।
आजको खेलमा पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ । समूह चरणमा भारतसँग अंक बाडेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।
वि.सं.२०८१ पुस ५ शुक्रवार ०८:१६




















