YouTube Link

अपराधका घटना बढ्दै/नेपाल प्रहरी सक्रियता पनि बढाउँदै

Facebook Link

काठमाडौं: चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकले अपराधका घटना बढेको देखाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी भन्छन्- ‘प्रविधिको बढ्दो दुरुपयोगबाट सिर्जित अपराधहरु चुनौतीका रुपमा रहेका छन् । विद्यमान स्रोत-साधनको उच्चतम् प्रयोग गरी त्यस्ता अपराध नियन्त्रण गर्न नेपाल प्रहरी क्रियाशील रहेको छ ।’

 

चालु आर्थिक वर्षको कार्त्तिक मसान्तसम्म विभिन्न अपराधसँग सम्बन्धित १९ हजार ४९८ मुद्दा दर्ता भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १८ हजार ९९८ मुद्दा दर्ता भएका थिए । त्यस्तै चालु आर्थिक वर्षको चार महिनामा दर्ता भएका मुद्दामा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढी छन् । बैंकिङ कसुरसम्बन्धी ४ हजार ३५९ वटा मुद्दा दर्ता भएको तथ्यांक प्रहरी देखाएको छ ।

 

यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकतासम्बन्धी ३ हजार १४४, आत्महत्यासम्बन्धी २ हजार २३६, चोरीसम्बन्धी १ हजार २४२, जवर्जस्ती करणीसम्बन्धी ८२३, ठगी तथा आपराधिक लाभसम्बन्धी ६१८, सवारी ज्यानसम्बन्धी ५७० र ज्यान मार्ने उद्योगसम्बन्धी ३८२ मुद्दा दर्ता भएको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरीले दर्ता भएका मुद्दाको यथासम्भव छिटो निरुपण गर्न पनि कुनै कसर बाँकी राखेको चाहिँ देखिँदैन ।

 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सञ्चारकर्मीहरूसँग गरेको साक्षात्कार कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को गत ४ महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण समेत गरेका थिए । सो क्रममा उनले मानवस्रोत विकास तथा स्रोत-साधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, भर्ना छनौटसम्बन्धी हालसम्मको गतिविधि, प्रशिक्षण, नयाँ नियुक्ति/पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कृतहरूको तथ्याङ्क, भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरबृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गरेका थिए ।

 

यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ अपराध नियन्त्रण र अनुसन्धानका आधारभूत पक्षहरू, अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, अपराध तथ्याङ्क विश्लेषण, फैसला कार्यान्वयन, बालबालिका खोजतलाससन्बन्धी तथ्याङ्क र घरेलु हिंसासम्बन्धी तथ्याङ्कको समेत उनले विश्लेषण गरेका थिए ।

 

 

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसीबी काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण र संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा नेपाल प्रहरीको सहभागिता बारे जानकारी दिए । यसैगरी प्रहरी कार्य, शान्ति-सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटनासम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाहीसम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, प्रहरी कर्मचारीविरूद्ध उजुरी दर्ता तथा फछर्यौटको तथ्याङ्क, नीति तथा योजना कार्यान्वयनको अवस्था, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धिहरू बारेमा समेत उनले सविस्तार चर्चा गरेका थिए ।

 

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक अपराधका कारणले अन्य अपराधहरू बृद्धि भएको तथ्याङ्कले देखाएको बताए । आन्तरिक सुदृढिकरणलाई संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको चर्चा गर्दै प्रहरी कर्मचारीहरू विरूद्ध पर्ने उजुरीलाई कसुरको गम्भीरताको आधारमा विभागीय कारवाहीको दायरामा ल्याउने काम समेत भइरहेको उनले स्पष्ट पारे । स्मरणीय छ, नेपाल प्रहरी दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता हो । उसलाई स्वतन्त्र ढंगले विनाहस्तक्षप काम गर्न दिने हो भने परिणाममुखी काम गर्ने आम सर्वसाधारणको बुझाई छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...