Texas College
YouTube Link

यी हुन प्रधानमन्त्री ओलीसहित चीन जाने ४३ जनाको टोली

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसहित भ्रमण टोलीका ४४ जना चीन जाने भएका छन् । ओली सहितको भ्रमण टोली मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

 

ओलीसँगै जाने भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण आर्याल, परराष्ट्र मन्त्रालयका मार्यादापालक प्रमुख विष्णुप्रसाद गौतम, प्रधानमन्त्रीका एडीसी दिवाकर खड्का छन् ।

 

प्रधानमन्त्री ओलीसँगै विमानमा सांसदहरू अर्जुन नरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, विजुला रायमाझी, रेखा शर्मा, विरेन्द्र महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रञ्जिता श्रेष्ठ, अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र परराष्ट्रमन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई पनि रहने बताइएको छ ।

 

त्यस्तै नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख सुशिल ज्ञवाली, प्रधानमन्त्री ओलीका निजी डाक्टर दिव्या सिंह शाह, मदन मण्डारी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर पदमसुन्दर जोशी, प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्रचार्य, परराष्ट्र मन्त्रालयका उत्तरपूर्व एसिया विभागका सहसचिव कृष्णप्रसाद ढकाल, उत्तरपूर्व एसिया विभागका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका निजी उपसचिव उदय पोखरेल र कमल रावल, परराष्ट्र मन्त्रालयका मर्यादापालक कर्मचारी रिचा भट्टराई पनि प्रधानमन्त्री ओलीसँगै चीन जाने भएका छन् ।

 

त्यसैगरी परराष्ट्रकै उत्तरपूर्व एसिया डिभिजन हेर्ने सेक्सन अफिसरहरू जानकी ओझा, सुजन लामिछाने, मार्यादापालक विनोद खनाल, प्रधानमन्त्री ओलीका निजी सचिवालयका जयश्री शाक्य, परराष्ट्रमन्त्री आरजुका निजी सचिव अनिता सिंह, प्रधानमन्त्री ओलीका सुरक्षा अधिकारी माधव केसी, राससका पत्रकार प्रकाश सिलवाल, नेपाल टेलिभिजनका क्यामरा पर्सन प्रधुमन ढुंगेल, प्रधानमन्त्रीका निजी फोटोग्राफर आशिष पौडेल पनि चीन जाने छन् ।

 

सीएनआइका अध्यक्ष राजेश अग्रवाल, एनसीसीका अध्यक्ष कमलेश अग्रवाल, एफएनसीसीआइका अध्यक्ष चन्द्र ढकाल, स्वतन्त्र ऊर्जा उत्पादन संघका अध्यक्ष गणेश कार्की, नेपाल अटोमोबाइल डिलर संघका अध्यक्ष करना चौधरी, आयात गर्ने उद्यमी महासंघका अध्यक्ष शंकर प्रसाद पाण्डे र साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह पनि प्रधानमन्त्री ओलीकै साथमा जाने बताइएको छ ।

 

चीन भ्रमणमा जाँदा प्रधानमन्त्री सवार विमानमा प्रधानमन्त्री ओलीसहित भ्रमण दलका ४४ सदस्य रहने भएपनि फर्कने क्रममा भने ४६ जना सोही विमानबाट आउने जनाइएको छ । मर्यादापालकका एक जना कर्मचारी प्रविण भट्टराई र नेपाल आर्मीका मेजर दिनेश न्यौपाने चीनबाट फर्किंदा प्रधानमन्त्री ओली कै विमानबाट आउने भएका छन् । हाल उनीहरू चीन मै छन् ।

 

प्रधानमन्त्री ओलीको चीन भ्रमण दलमा ८७ जना रहने छन् । त्यसमध्ये केही व्यापारीसहितका टोली व्यावसायिक उडानमार्फत आइतबार नै चीन प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री ओलीसहित ४४ जना चार्टर्ड विमानबाट आज चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र दूतावासका प्रवक्ता यु फङछनसहितको टोली शनिबार नै चीन पुगिसकेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा प्रधानमन्त्री ओलीकै भ्रमणको तयारीका लागि मंसिर १३ गते चीन गएर १५ गते स्वदेश फर्किसकेकी छन् । उनी सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जानेछिन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...