YouTube Link

स्थानीय तह उपनिर्वाचनमा कुन दलका कति र कहाँ-कहाँ विजयी ?

Facebook Link

काठमाडौं: आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहानसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १५ वटा वडामा विजयी हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका अनुसार हेटौडा उपमहानगरपालिका-१२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी, मुसिकोट नगरपालिका-१, आनन्द श्रेष्ठ, भीमदत्त नगरपालिका-६ प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका-४ अमिन थारु, गढी गाउँपालिका-६ तेतर साहु, सूर्मा गाउँपालिका-४ धिरेन्द्र पुजारा, रुन्टीगढी गाउँपालिका-४ भुपमणी पुन मगर, ईशनाथ नगरपालिका-७ शेख अब्दुल खलिक, सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री, कीर्तिपुर नगरपालिका-१ इच्छा कुमार महर्जन, पूर्वीचौकी गाउँपालिका-६ मोहन थापा, लालीगुराँस नगरपालिका-८ नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका-५ धन सिंह कुंवर, कुसे गाउँपालिका-७ खम्ब बहादुर सिँह, राजपुर नगरपालिका-६ मा समसे आलम निर्वाचित भएका छन् । देशभरिका मत परिणाम आइरहँदा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । त्यस्तै नेकपा एमाले दोस्रो स्थानमा छ ।

 

एमालेले हालसम्म ६ स्थानमा जित निकालेको छ । महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंग बहादुर शाही निर्वाचित भएका छन् । शुद्धोधन गाउँपालिका-१ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान निर्वाचित भएका छन् । रामगोपालपुर नगरपालिका-२ सकिवुल खाँ, मोलुङ गाउँपालिका-५ गंगा वहादुर तामाङ, सिरीजङ्घा गाउँपालिका-३ कुमारी सावादेन निर्वाचत भएका छन् ।

 

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट ककनी गाउँपालिका-२ कृष्ण घिमिरे, त्रियुगा नगरपालिका-१२ नविन कुमार वान्तवा राई, धनुषाधाम नगरपालिका-१ शुनिल कापर केवट गोरखा नगरपालिका-५ बिष्‍णु बहादुर मगरले जितेका छन् । हालसम्म जनता समाजवादी पार्टी (जसपा)ले २ वडा अध्यक्षमा जित निकालेको छ । डाक्नेश्वरी नगरपालिका-१ धिरेन्द्र कुमार साह र डाक्नेश्वरी नगरपालिका-४ मा जसपाका देवेन्द्र प्रसाद यादव विजयी भएका हुन् । काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...