YouTube Link

स्थानीय तह उपनिर्वाचनमा कुन दलका कति र कहाँ-कहाँ विजयी ?

Facebook Link

काठमाडौं: आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहानसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १५ वटा वडामा विजयी हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका अनुसार हेटौडा उपमहानगरपालिका-१२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी, मुसिकोट नगरपालिका-१, आनन्द श्रेष्ठ, भीमदत्त नगरपालिका-६ प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका-४ अमिन थारु, गढी गाउँपालिका-६ तेतर साहु, सूर्मा गाउँपालिका-४ धिरेन्द्र पुजारा, रुन्टीगढी गाउँपालिका-४ भुपमणी पुन मगर, ईशनाथ नगरपालिका-७ शेख अब्दुल खलिक, सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री, कीर्तिपुर नगरपालिका-१ इच्छा कुमार महर्जन, पूर्वीचौकी गाउँपालिका-६ मोहन थापा, लालीगुराँस नगरपालिका-८ नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका-५ धन सिंह कुंवर, कुसे गाउँपालिका-७ खम्ब बहादुर सिँह, राजपुर नगरपालिका-६ मा समसे आलम निर्वाचित भएका छन् । देशभरिका मत परिणाम आइरहँदा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । त्यस्तै नेकपा एमाले दोस्रो स्थानमा छ ।

 

एमालेले हालसम्म ६ स्थानमा जित निकालेको छ । महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंग बहादुर शाही निर्वाचित भएका छन् । शुद्धोधन गाउँपालिका-१ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान निर्वाचित भएका छन् । रामगोपालपुर नगरपालिका-२ सकिवुल खाँ, मोलुङ गाउँपालिका-५ गंगा वहादुर तामाङ, सिरीजङ्घा गाउँपालिका-३ कुमारी सावादेन निर्वाचत भएका छन् ।

 

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट ककनी गाउँपालिका-२ कृष्ण घिमिरे, त्रियुगा नगरपालिका-१२ नविन कुमार वान्तवा राई, धनुषाधाम नगरपालिका-१ शुनिल कापर केवट गोरखा नगरपालिका-५ बिष्‍णु बहादुर मगरले जितेका छन् । हालसम्म जनता समाजवादी पार्टी (जसपा)ले २ वडा अध्यक्षमा जित निकालेको छ । डाक्नेश्वरी नगरपालिका-१ धिरेन्द्र कुमार साह र डाक्नेश्वरी नगरपालिका-४ मा जसपाका देवेन्द्र प्रसाद यादव विजयी भएका हुन् । काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...