पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाको जनसभा हुँदै
वि.सं.२०८१ मंसिर ८ शनिवार ११:४९
1K
shares
काठमाडौं: पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज रयालीसहित जनसभाको आयोजना गर्दैछ ।
शनिबार दिउँसो १२ बजे सो पार्टीका महासचिव विप्लवको नेतृत्वमा सुनधाराबाट रयाली रत्नपार्क, बागबाजार हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुने जनाइएको छ । उक्त सभालाई १ बजे विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
वि.सं.२०८१ मंसिर ८ शनिवार ११:४९




















