YouTube Link

एन्जिलाले युरोपियन क्लव निस एट्रोमिटोउबाट व्यवसायिक फुटबल खेल्ने

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन् । एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरेकी हुन्‌ । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् ।

 

उनले भनिन् ‘उत्साहित छु । पहिलादेखि कोशिस गरिरहेको थिए । गोलकिपरले यसै पनि मौका पाउन गाह्रो छ । तर उचाई मात्रले‌ मात्र फरक पर्दैन भन्ने प्रमाणित गर्नुछ, सेप्टेम्बर २९ बाट सिजन सुरु हुने भएकोले क्लबले छिटो आउनु भनेको छ । भिसा प्रक्रिया भइरहेको छ । साउदी अरबबाट अफर आएको छ । तर पहिला युरोपको मौका मिस नगरौ भन्ने हो ‌।’

 

दक्षिण एसियाली मुलुक बाहिर एञ्जिलाले पहिलो पटक खेल्ने अवसर पाएकी हुन् । उनले यसअघि भारतमा दुई सिजन र पाकिस्तानबाट एक सिजन लिग खेलेकी थिइन् । युरोपमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो खेलाडी बन्नेछिन् । राष्ट्रिय टोली र‌ एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पबाट दोस्रो सिजन खेल्ने तयारीमा छिन् । राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबकी रेखा पौडेल‌ यो सिजन अबुधाबी काउन्ट्री क्लबमा आबद्ध छिन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...