YouTube Link

पेटोङटार्न सिनावात्रा बनिन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

World Cup 2026
Facebook Link

एजेन्सीः थाइल्यान्डको संसदले देशका पूर्व प्रधानमन्त्री तथा अरबपति व्यापारी थाक्सिन सिनावात्राकी छोरी पेटोङटार्न सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा छनोट गरेको छ । ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् ।

 

उनको चयन पूर्व प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि भएको हो । बर्खास्त भएका र नवनियुक्त प्रधानमन्त्री दुवै फेउ थाई पार्टीका हुन्, जसले सन् २०२३ को चुनावमा दोस्रो स्थान प्राप्त गरेर सत्तारूढ गठबन्धन बनाएको थियो । पेटोङटार्नलाई थाइल्यान्डको अवरुद्ध अर्थतन्त्रलाई पुनर्जीवित गर्ने चुनौती छ । यसका साथै उनलाई सैन्य कू र अदालतको हस्तक्षेपबाट बच्ने चुनौती पनि छ जसले उनको पार्टीको नेतृत्वमा गठन भएका यसअघिका चारवटा प्रशासनहरूलाई बर्खास्त गरेको छ ।

 

शुक्रबार उनको पक्षमा ३१९ मत र उनको विरोधमा १४५ मत परेको थियो । पेटोङटार्न विगत दुई दशकमा प्रधानमन्त्री बन्ने सिनावात्रा कुलकी चौथो सदस्य हुन् । उनका बुबा थाक्सिन र फुपु यिङलकसहित अन्य तिनलाई सैन्य कू वा संवैधानिक अदालतको फैसलाद्वारा पदच्युत गरिएको थियो । सोही अदालतले बुधबार अघिल्ला प्रधानमन्त्री थाभिसिनलाई आफ्नो मन्त्रीमण्डलमा एक पटक जेलमा परेका पूर्व वकिल नियुक्त गरेकोमा बर्खास्त गरेको थियो। प्रधानमन्त्रीको उम्मेदवार बनेपछि पेटोङटार्नले बिहीबार फेउ थाईको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै श्रीथाको कामको प्रशंसा गरिन् र उनलाई बर्खास्त गरिनु दुर्भाग्यपूर्ण भएको बताइन् ।

 

थाइल्यान्डका कुलीन विद्यालयहरू र बेलायतको विश्वविद्यालयमा शिक्षित उनले सिनावात्रा परिवारको रेन्डे होटल समूहमा काम गर्दै केही वर्ष बिताएकी थिइन् जहाँ उनका श्रीमान् लगानी अधिकारीका रूपमा कार्यरत थिए । उनी सन् २०२१ मा फेउ थाईमा सामेल भइन् र अक्टोबर २०२३ मा पार्टीको नेता नियुक्त भइन् । नवनियुक्त प्रधानमन्त्रीका पिता थाक्सिन पहिलो पटक सन् २००१ मा प्रधानमन्त्री बनेका थिए, तर सन् २००६ मा सैन्य कूद्वारा उनको सरकार अपदस्थ भएपछि उनको दोस्रो कार्यकाल अचानक समाप्त भयो । त्यसपछि देश छोडेका थाक्सिन श्रीथा प्रधानमन्त्री निर्वाचित हुनुभन्दा केही घन्टाअघि गत अक्टोबरमा १५ वर्षको निर्वासनपछि थाइल्यान्ड फर्केका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...