YouTube Link

साफ यू-२० च्याम्पियनसिप आजदेखि सुरु, नेपाल र श्रीलंका भिड्दै

World Cup 2026
Facebook Link

काठमाडौं: साफ यू-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रबार जानकारी दिएको थियो । शनिबार सम्पन्न प्रि म्याच कन्फरेन्समा सहभागी सबै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए ।

 

दशरथ रंगशालामा मंगलवार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन‌ चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच एएफसी च्यालेन्ज लिगको प्ले अफ भएको थियो । पारो एफसी २-१ को खेलमा मैदानको खराब अवस्थाका कारण एन्फा र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आलोचना भएको थियो । मैदानको अवस्था अहिले पनि खराब नै रहेका कारण एन्फाले साफ यू-२० आफ्नै मैदानमा सारेको छ । सन् २०१५ मा एन्फा मैदानमा साफ यू-१९ आयोजना हुँदा नेपाली टोली च्याम्पियन बनेको थियो ।

 

एन्फा कम्प्लेक्समा हुने खेलको लागि एन्फाले टिकट दर ३ सय रूपैयाँ रहेको छ । नेपालसहित प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि एन्फाले शनिबार नै २३ सदस्यीय युवा टोलीको घोषणा गरिसकेको छ । नेपालले श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

 

नेपाली युवा टोली: जियारत शेख (गोलकिपर), कृषल मोक्तान (गोलकिपर) , विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ,आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लछु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्वेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...