YouTube Link

भदौ महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

Facebook Link

काठमाडौं: वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा भदौमा ११ वाणिज्य बैंकले ब्याजदर सामान्य घटाएका छन् । बैंकहरूले औसतमा ०.२१ प्रतिशतले ब्याज घटाएका छन् । तरलताा अधिक भइरहेको अवस्थामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर क्रमश: कम गर्न थालेका हुन् ।

 

साउनको तुलनामा भदौमा संस्थागततर्फ नेपाल बैंकले ०.२५ प्रतिशत, एभरेस्ट बैंकले ०.२ प्रतिशत, प्रभु बैंकले ०.९ प्रतिशत, सानिमा बैंकले ०.०५ प्रतिशत निक्षेपको ब्याजदर घटाएका हुन् । यस्तै सिद्धार्थ बैंकले ०.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकले ०.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.७५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत, हिमालयन बैंकले ०.५ प्रतिशत, एनएमबी बैंकले ०.१२ प्रतिशत र एनआईसी एसिया बैंकले ०.१२ प्रतिशत ब्याजदर घटाएका हुन् । यसैगरी प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाउँदा अन्य ८ बैंकले भने घटबढ गरेका छैनन्।

 

भदौका लागि नेपाल बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत कायम गरेको छ । यस्तै कृषि विकास बैंकले व्यक्तिगततर्फ ६.०६५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत कायम गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगततर्फ ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज कायम गरेको छ । यस्तै एभरेस्ट बैंकले भने व्यक्तिगततर्फ ६.१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

 

प्रभु बैंकले व्यक्तिगततर्फ ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर कायम गर्दा सानिमा बैंकले व्यक्तिगततर्फ ६.२ प्रतिशत र संस्थागततर्फ ४.९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसैगरी नेपाल एफबीआई बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर र संस्थागततर्फ भने ५.२५ कायम गरेको छ । ग्लोबल आईएमई बैंक र लक्ष्मी सनराइज बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

 

यस्तै सिटिजन्स बैंकले भने व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थगततर्फ ५ प्रतिशत ब्याजदर राख्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थागततर्फ ६.५ र व्यक्तिगततर्फ ५.५५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसैगरी प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र व्यक्तिगततर्फ ४.७५ प्रतिशत ब्याजदर कायम गर्दा स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगतर्फ ७ र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

 

नबिल बैंकले भने व्यक्तिगततर्फ ७ प्रतिशत संस्थागततर्फ ४.५ प्रतिशत तोक्दा हिमालयन बैंकले व्यक्तितगतर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । यसैगरी एनएमबी बैंक र एनआईसी बैंकको ब्याजदर भने अन्यले भन्दा बढी ब्याजदर तोकेका छन् । साउन महिनाको तुलनामा ०.१२ प्रतिशत ब्याजदर घटाए पनि यी बैंकले भदौमा व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ भने ६.४१ प्रतिशत ब्याज कायम गरेका  हुन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...