YouTube Link

एडीबीको ऋण तिर्न पैसा नभएको भन्दै मेयर हर्क साम्पाङले खानेपानीको महसुल बढाएपछि धरानमा आन्दोलन चर्कियो

Facebook Link

विराटनगर: धरानमा खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धिविरुद्धको आन्दोलन चर्किएको छ । धरानमा क्रियाशील १० राजनीतिक दलको नेतृत्वमा आज उपमहानगर कार्यालय घेराउ गरिएको छ ।

कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ । मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगर भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ ।

मनोमानी शुल्क बढाएको विरोधमा दलहरूले खानेपानी बोर्डको कार्यालय र काउन्टरमा लगाएको ताला खोल्न उच्च अदालतले आदेश दिएपछि उपमहानगरपालिका घेराउको कार्यक्रम राखिएको थियो । उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न आदेश दिएपछि दलहरूले बुधबार ताला खोलेका थिए । राजनीतिक दलहरूले अदालतको आदेशको सम्मान गर्दै ताला खोल्ने निर्णय गरिएको जनाएका छन् । तर, मूल्यवृद्धिको निर्णय फिर्ता हुनुपर्ने उनीहरूको अडान छ ।

खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगरको मातहतमा छ । बोर्डको अध्यक्ष मेयर रहने प्रावधान राखिएको छ । एडीबीको ऋण तिर्न पैसा नभएको र बोर्ड सञ्चालनमा समस्या भएको भन्दै मेयर साम्पाङले विभिन्न शुल्क ह्वात्तै बढाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...