YouTube Link

ठूला दल कांग्रेस-एमाले एकै ठाउँमा उभिँदा कतै निरङकुशता उब्जन्छ कि भन्ने डर छः नेता डा. शेखर कोईराला

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले दश वर्षमा संविधानमा पुनरावलोकन, परिमार्जन गर्नुपर्ने बताए । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नेतृत्व चयन भई दुई वर्ष पुरा भएको अवसरमा आयोजित संविधान संशोधन र प्रेस तथा स्वतन्त्रता अभिव्यक्ति विषयक विचार गोष्ठीमा उनले दश वर्षमा संविधान संशोधन गर्ने कुरा विधानमै उल्लेख भएकाले कांग्रेस-एमाले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन ।

 

यो सँगै भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने उनको भनाई छ । ठूला दल कांग्रेस-एमाले एक ठाउँमा उभिँदा कतै निरङकुशता उब्जन्छ कि भन्ने डर भएकाले मिडियाले यस विषयमा निरन्तर खबरदारी गर्नुपर्ने बताए । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न नसकिने भन्दै उनले हामी संसदबाट सहीलाई सही र गलतलाई गलत हो भन्ने आवाज उठाउने विचार व्यक्त गरे ।

 

संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउने गरि जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाई छ । संविधान संशोधन गर्ने नाममा पेण्डोरा बक्स त खुल्ने होईन भन्ने डर भएकाले यसमा सचेत रहनुपर्ने डा. कोईरालाको भनाई छ । अहिले मन्त्रीहरु खादा मालामा व्यस्त रहेको भन्दै उनले यस सरकारलाई गल्ती गर्ने र कुनै कमिकमजोरी गर्ने छुट नभएको बताए । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउने गरी काममा लाग्ने यो सरकारको प्राथमिकता रहनुपर्ने उनको भनाई छ । कार्यक्रममा शुभ-कामना दिने क्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लगायतका सहभागी व्यक्तित्वहरुले आ-आफ्नो भनाई राखेका थिए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...